ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुलिस, सशस्त्र र आर्मी सेमिफाइनलमा

by चितवन पोष्ट
२०७१ फाल्गुन ६, बुधबार ०३:५८ गते
in खेलकुद, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । पटिहानीमा जारी पद्मोदय राष्ट्रिय पुरूष भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन जारी राख्दै तीनवटा विभागीय टिम सेमिफाइनलमा पुगेका छन् ।
पहिलो दिन दोहोरो जित निकालेका नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा एक जीत र एक हार निकालेको नेपाल आर्मी भलिबल टिमले मंगलबार थप खेल जित्दै अन्तिम चारमा पुगेका हुन् । सेमिफाइनल पुग्ने अन्तिम टिम भने टुंगो लागेको छैन ।
अघिल्लो दिन दुई जीत निकालेको सशस्त्र प्रहरी बल एपीएफले समूह चरणको अन्तिम खेलमा पूर्वाञ्चल भलिबल टिमलाई २५–१९, २५–१७ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै, अघिल्लो दिन दुबै खेल जितेको नेपाल प्रहरीले मंगलबार सुदूरपश्चिमविरूद्ध २५–११, २५–१८ र २५–१० मा सजिलो जीत दर्ता ग¥यो । नेपाल प्रहरी समूह ‘ए’ तथा एपीएफ समूह ‘बी’ को विजेता बनेको छ ।
त्यस्तै, समूह ‘बी’ बाटै समूह दोस्रो बन्दै अर्को विभागीय टिम नेपाल आर्मी सेमिफाइनल प्रवेश गरेको छ । आयोजक पद्मोदय युवा क्लबविरूद्ध २५–१६, २५–१९ र २५–१५ को नतिजा निकालेपछि आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ विजेता नेपाल प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार भएको अर्को प्रतिस्पर्धात्मक खेलमा जावलाखेलविरूद्ध उत्कृष्ट जीत दर्ता गर्दै पश्चिमाञ्चल भलिबल क्लबले अन्तिम चार पुग्ने समीकरण रोमाञ्चक बनाएको छ । अघिल्लो दिन एक खेल एक हारको नतिजा निकालेको जावलाखेल समूह चरणको अन्तिम खेलमा पश्चिमाञ्चलसँग हार व्यहोर्न बाध्य भयो । कडा प्रतिस्पर्धा भएको खेलमा पश्चिमाञ्चलले जावलाखेललाई १८–२५, २५–१०, २५–२२, २३–२५ र १५–६ को सेटमा पराजित ग¥यो । यसअघि जावलाखेलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २५–१९ र २५–१६ को सेटमा पराजित गरेको थियो ।
अब बाँकी खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई पराजित गरे जावलाखेल बाहिरिने छ भने पश्चिमाञ्चल समूह उपविजेताका रुपमा सेमिफाइलन प्रवेश गर्दै सशस्त्र प्रहरीसँगको भीडन्त पक्का गर्नेछ । बाँकी खेल बुधबार हुनेछ । पद्मोदय युवा क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौथो हुने टिमले २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकप फुटबलको उपाधि

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकपको उपाधि

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In