ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्विस बैंकको कालो धन फर्काऊ

by चितवन पोष्ट
२०७१ फाल्गुन ५, मंगलवार ०१:५२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

स्विट्जरल्यान्डको एचएसबीसी बैंकमा आठ जना नेपालीले गोप्य रुपमा जम्मा गरेको पाँच करोड ४० लाख अमेरिकी डलर अर्थात् ५ अर्ब ३७ करोड रूपैयाँबारे सर्वत्र चासो र विभिन्न विश्लेषण गर्न थालिएको छ । खोजी पत्रकारिता गर्ने एक अन्तर्राष्ट्रिय संस्थाले हालै सार्वजनिक गरेको विवरणमा आठ नेपालीले गोप्य रुपमा रकम जम्मा गरेको खुलासा गरेपछि संसदीय समितिले सरकारलाई तत्काल अनुसन्धान गर्न निर्देशन दिइसकेको छ । सञ्चारमाध्यमले यस विषयलाई प्राथमिकताका साथ उठान गरेपछि संसदीय समितिले सरकारलाई कालो धनबारे छानबिन गर्न दबाब दिएको हो । व्यवस्थापिका संसद्को अर्थ समितिमा पनि सरकारका तर्फबाट अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरुले गम्भीरतापूर्वक छानबिन सुरू गर्न सक्रियता देखाएका छन् । तर, नेपालमा विदेशी विनिमय ऐन तथा सम्पत्ति शुद्धीकरण ऐन प्रभावकारी नहुँदा स्विस बैंकमा रहेको कालो धन फर्काउन सहज नहुने अधिकारीहरुले बताउँदै आएका छन् ।
स्विस बैंकमा हरेक वर्ष ८ सय ५० अर्ब डलर कालो धन जम्मा हुने गरेको खोज पत्रकारहरुको संस्था ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म’ले सार्वजनिक गरेको छ । स्विट्जरल्यान्डमा राष्ट्रसंघका विभिन्न मिसनहरुमा उच्च पदमा काम गर्ने नेपालीदेखि विभिन्न व्यावसायिक घराना र उद्योगपतिका नाममा खाता रहे पनि कसैलाई पनि अनुमति नदिइएको राष्ट्र बैंकले स्पष्ट पारिसकेको छ । राष्ट्र बैंकको प्रचलित ऐनअनुसार विदेशमा रहेका नेपालीले कमाएको रकम राख्न सक्ने प्रावधान भए पनि स्विस बैंकमा रहेको रकमबारे राष्ट्र बैंकलाई कुनै जानकारी नहुनुले सो रकम कालो धन नै भएको ठहर गरिएको छ । आठ नेपालीका नाममा रहेको भनिएको गैरकानुनी खाताबारे सरकारले गम्भीरतापूर्वक खोजबिन गर्नुपर्छ । नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन ल्याए पनि अवैध धनको ओसारपसार रोक्न सकेको छैन । यस्तो धन रोक्न र कालो धनबारे जानकारी माग्न पारस्परिक कानुनी सहयोगका लागि दुई देशबीच सम्झौता गर्नुपर्छ । तर, हालसम्म नेपालले कुनै पनि मुलुकसँग पारस्परिक कानुनी सहायता सम्झौता गर्न सकेको छैन ।
स्विस बैंकमा रकम जम्मा गर्दा गोपनीयताको कानुनअनुसार आफ्नै परिवारको सदस्यलाई समेत जानकारी दिन नसक्ने नियम छ । तर, सरकारले चाहेको अवस्थामा विदेशी विनिमय र कारोबार व्यवस्थित गर्न कूटनीतिक पहल गर्न सक्छ । नेपालीले आर्जन गर्ने रकम विदेशी बैंकमा जम्मा गर्ने कार्यलाई निरूत्साहित गरिनुपर्छ । स्वदेशी बैंकहरुमा सुरक्षित रुपमा रकम राख्ने वातावरण मिलाउन र आर्जित रकम नेपालभित्रै लगानी गर्न प्रोत्साहित गर्न सके कुनै पनि नेपालीले विदेशी बैंंकमा रकम राख्नुपर्दैन । यस्तै, नेपालमा विभिन्न उद्योग सञ्चालनका नाममा भित्रिएका अरबौँ विदेशी लगानीबारे सरकारको ध्यानाकर्षण हुनुपर्छ । ऋण चुक्ताका नाममा ठूलो धनराशि बाहिरिने जोखिमतर्फ पनि समयमै सचेत हुनुपर्छ । केही व्यक्ति तथा कम्पनीले प्रक्रिया नपु¥याई वैदेशिक लगानीका नाममा रकम स्थानान्तरण गरेको राष्ट्र बैंकले स्वीकारेको छ । सम्बन्धित सरकारी निकायमा दर्ता नै नगरिएका र उद्योगका नाममा भित्रिएका विदेशिक लगानीलाई बन्देज गर्नुपर्छ । हालै ब्रिटिस भर्जिन आईल्यान्डबाट भित्रिएको भनिएको साढे तीन अर्ब रकमको स्रोत र प्रयोजनबारे पनि सरकारले गम्भीर रुपमा छानबिन गरी स्विस बैंकको कालो धनबारे पर्दाफास गर्नु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

बढ्दो दुर्घटना चिन्ताको विषय

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In