ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कुख्यात गैंडा तस्कर सार्वजनिक

by चितवन पोष्ट
२०७१ फाल्गुन ५, मंगलवार ०१:४९ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । गैंडाका काल मानिएका कुख्यात सिकारी राजकुमार चेपाङ यस पटक पक्राउ परे । निकुञ्ज प्रशासन १० वर्षदेखि उनको खोजीमा लागेको थियो । उनी इन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ पर्दा संरक्षणकर्मीहरुले सन्तोषको निकै लामो स्वास फेरेका छन् । विगतमा गैंडा भसक्कै मर्दा राजकुमारको हात रहेको देखिएको छ ।
विसं २०६० सालको चैत्र १२ गते निकुञ्जको प्रतिवादी कायम भएका राजकुमार त्यहाँको हिरासतमा भने यही माघ २६ गते आएका हुन् । यो बीचमा उनलाई पक्राउ गर्न ठूलो कसरत चल्यो । नेपालबाट मलेसिया पुगेका राजकुमारलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी ग¥यो । गत वर्षको कात्तिकमा रेड कर्नर नोटिस जारी भएको थियो । यही माघ १६ मा उनी मलेसियामा समातिए ।
विसं. २०५८ साल गैंडा सिकार उत्कर्षमा थियो । त्यो बेला वर्षमा ३७ वटासम्म गैंडा मारिन्थे । राजकुमार सोही बेलामा सक्रिय हुने गरेको निकुञ्जको भनाइ छ । उनी निस्क्रिय हुन थालेपछि गैंडा सिकार नियन्त्रणमा आएको छ । विसं. २०६७ सालयता वर्षमा एकमात्र गैंडा मर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । राजकुमारले ०६७ सालमा नेपाल छाडेका थिए ।
‘मार्न सिकाउने अरुहरु नै थिए । को को थिए खै अहिले नै के भनौं तर हामी चेपाङ सोझो र सीधा जाति । मार्न हिँड भनेपछि काममा लागियो । गर्दै जाँदा बानी नै प¥यो’ राजकुमारले भने । अहिले ३१ वर्षका भएका राजकुमारको घर चितवनको पहाडी गाविस कोराकको कालीखोला हो । जंगलबीचको उनको गाउँमा चेपाङकै बसोबास छ ।
विसं. २०६० सालमा उनीविरुद्ध निकुञ्जमा मुद्दा दर्ता हुनुभन्दा पहिलेबाटै राजकुमार गैंडा शिकारमा सक्रिय थिए । नाम बदलेर विस २०६७ सालमा फर्जी नागरिकता र राहदानी बनाएर मलेसिया लाग्नुअघि उनले धेरै गैंडा मारे । धेरैलाई यो काममा संलग्न गराए । ‘मैले नै गोली हानेर २० वटा गैंडा मारें । त्यस्तै गोली लागेर अरु पाँच गैंडा घाइते भए’ राजकुमारले भने ।
यीबाहेक अरुले मारेका थप दुईवटा गैंडाको खाग पनि आफूले बेचेको उनले बताए । राजकुमार विरुद्ध चितवन निकुञ्जमा १५ वटा मुद्दा छन् । जसमध्ये छवटा मुद्दा फैसला भएका छन् । फैसला भएका सबै छवटा मुद्दामा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ । यो कैद र जरिवाना वन्यजन्तु अपराधमा हुने सबैभन्दा धेरै हो ।
नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ जनावर हो । यसको नाकमा हुने सिंग जस्तो बस्तु खागका लागि तस्करहरुले यसको सिकार गर्छन् । अवैध रुपमा बेचबिखन हुँदै चीनमा जाने खागका लागि तस्करहरुले गैंडा मार्न निकुञ्ज आसपासका सोझा सर्वसाधरणलाई बढी उपयोग गर्ने गरेको देखिन्छ ।
‘देश विदेशमा सक्रिय खाग कारोबारहरु केही वर्षयता धमाधम समातिन थालेपछि राजकुमार पनि गिरफ्तार हुन सकेको हो’ आइतबार कसरामा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भने । गैंडा सिकार गर्दा जे जसरी पैसा कमाएको थिए त्यसरी नै गुमाए भन्छन् राजकुमार ।
‘यत्रो गैंडा मारेपछि पैसा कमाएको छ होला भन्ने लाग्दो हो । हो केही कमाएँ, तर जसरी कमाएँ त्यसरी नै गुमाएँ पनि’ पत्रकारहरुसँग राजकुमारले भने । गैंडा मार्नेहरुको धेरै खोजी हुने र बच्नका लागि लुक्दै हिँड्दा अनावश्यक रुपमा पैसा खर्च हुने गरेको उनले बताए । ‘त्यसैले पैसा जोगिँदै जोगिएन उल्टै बद्नाम भयो । अहिले समातिए अब एकदम ढुक्क छु’ राजकुमारले भने ।
निकुञ्जले खोज्न थालेपछि राजकुमार नाम ढाँट्दै पोखरा, काठमाडौं, धरान बस्ने गरेको अनुसन्धानबाट खुलेको सहायक संरक्षण अधिकृत थपलिायाले बताए । निकुञ्जको गिरफ्तारबाट उनी तीनपटक जोगिएका थिए । ०६१ सालमा घरमै समाउन खोज्दा उनी फुत्केका थिए । त्यस्तै ०६४ सालमा मेघौली र ०६५ सालमा पूर्वी चितवनको निकुञ्जभित्र अमृते भन्ने ठाउँबाट पनि उनी उम्किएका थिए ।
विकट गाउँ कोराकका राजकुमारले विसं. २०६७ साल जेठ १० गते गोरखाबाट नागरिकता झिकेको अनुसन्धानबाट खुलेको छ । उनले भक्तराज गिरीको नामबाट गोरखाबाट नागरिकता लिएसँगै काठमाडौं पराराष्ट्र मन्त्रालयबाट ०६७ सालकै जेठ २० मा राहदानी निकालेको पक्राउमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी सविन प्रधानले बताए ।
राहदानी लिएपछि उनी ०६७ सालको असोज २६ मा मलेसिया गएका हुन् । सोही वर्षको चैत्र आठमा उनले मलेसियामा रहेको नेपाली दुतावासबाट राहदानीको प्रतिलिपि निकालेका छन् । ‘तत्कालका लागि निकुञ्जसँग सम्बन्धित अपराध ठूलो भयो । उनले नाम ढाँटेर नागरिकता लिएको विषय पनि अपराध नै हो । त्यसको पनि छानबिन हुन्छ’ डिएसपी प्रधानले भने ।
राजकुमारले नाम ढाँटेर नागरिकता लिएर विदेश गएको निकुञ्जलाई जानकारी थियो । तर गत वर्षको असोजमा उनका भान्जा पर्ने बुद्धिबहादुर चेपाङ समातिएपछि उनी मलेसिया गएको पक्का भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताए । त्यसपछि इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी ग¥यो । मलेसिया प्रहरीले वाङतिङ तेलोक सहरमा उनलाई समायो ।
नेपाल प्रहरीले वन्यजन्तु अपराधमा संलग्न नेपाली नागरिकलाई समाउन इनटरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको यो पहिलो घटना हो । वन्यजन्तु अपराधमा नै एकजना विदेशी इयान बेकरलाई पक्राउ गर्न पनि नेपाल प्रहरीले इनटरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको छ । राजकुमार गिरफ्तार भएपछि वन्यजन्तु अपराध नियन्त्रणमा ठूलो सहयोग मिल्ने निकुञ्जको आशा छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In