ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अपाङ्गतालाई पुनस्र्थापना गर्न माग

by चितवन पोष्ट
२०७१ फाल्गुन ५, मंगलवार ०१:४५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नवलपरासीको गैँडाकोटकी लक्ष्मी अधिकारी १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै थिइन् । उनको पढाइ पनि राम्रो थियो । एकदिन उनी घाँस काट्न रुखमा चढ्दा लडिन् र सुरू भयो स्पाइनल इञ्जुरी । लक्ष्मी अहिले ३५ वर्षकी भइन् । उनको स्पाइनल एड एन्जुरी टि–१२ र एल–१ फ्याक्चर भएको छ । उनको शरीरको ढाडबाट तलको अङ्ग चल्दैन । लक्ष्मी भन्छिन्, ‘हुने हार दैव नटार’ भनेझैं आफ्नो जीवनलाई हार नठानी जसोतसो अगाडि बढाइरहेकी छु ।’ उनले सरकारबाट अहिलेसम्म अपाङ्गता भत्तासमेत पाएकी छैनन् ।
सरकारसँग उनको कुनै अपेक्षा पनि छैन । विगत १२ वर्षदेखि गैँडाकोटकै विजय विकास स्रोत केन्द्रमा काम गर्दै आएकी लक्ष्मी भन्छिन्, ‘सरकारले दिने भए पो अपेक्षा गर्नु !’ अविवाहित अधिकारीको घरमा ६ जना परिवार छन् । जोसिलो ढङ्गमा लक्ष्मीले भनिन्, ‘सरकारको भर परेको भए म अहिलेसम्म घरमै ह्वीलचियरमा बस्नु पथ्र्यो, तर अहिले म सबल मानिससरह जीवनयापन गरिरहेकी छु ।’
यस्तो समस्या उनलाई मात्र होइन । चितवन भरतपुरको गणेशस्थानकी निशा सुनारलाई सानोमा एक्कासी क्षयरोग देखा प¥यो । सामान्य उपचारपछि ठीक भएको महसुस भयो । पछि कलेज पढ्न जाँदा साइकलबाट लडिन् । उनलाई सामान्य चोट लागे पनि सामान्य उपचारले ठीक भएन । डाक्टरले क्षयरोग भएको बताए । क्षयरोगको औषधी सेवन गर्दा उनको छाला कालो भयो । र, उनलाई ०५७ सालदेखि स्पाइनल इञ्जुरी भयो । उनको पनि शरीरको कम्मरभन्दा तलको भाग चल्दैन । शरीरको कम्मरमुनिको भागमा चोट लागे पनि केही थाहा हुँदैन ।
उनको पैतालामा दुई पटक सियो गडिसक्यो । एकपटक त अपरेशन नै गरेर निकाल्नु प¥यो । निशाले सरकारबाट अपाङ्गता भएको व्यक्तिलाई दिइने रातो कार्ड पाउनुपर्ने हो, तर उनले अहिलेसम्म पाएकी छैनन् । उनले त निलो कार्ड पाएकी छिन् । जसको अर्थ हुन्छ, स्पाइनल इञ्जुरी ।
सरकारबाट अहिलेसम्म कुनै पनि सेवा सुविधा नलिएकी निशाले सरकारलाई नै चुनौती दिएर टेलर पसल खोलेकी छन् । उनले १२ जनालाई रोजगारी दिएकी छन् ।
लक्ष्मी र निशाजस्तै स्पाइनल इन्जुरी भएका धेरैले आ–आफ्नै पीडा व्यथा सङ्गालेका छन्, तर पनि उनीहरुले सरकारबाट सहयोगको साथ समेत पाउन सकेको छैन । चितवन जिल्लामा मात्रै स्पाइनल इन्जुरी भएका तीन सयभन्दा बढी छन् । स्पाइनल इन्जुरी भएका झण्डै ९५ प्रतिशतमा आत्मग्लानि हुने गरेको छ । उनीहरुलाई आत्मग्लानि हुनबाट जोगाउने एउटैमात्र उपाय छ, त्यो हो पुनस्र्थापना ।
चितवनमा दुई वर्ष अघिबाटमात्र भरतपुर अस्पतालमा पुनस्र्थापना केन्द्रको सुरूवात् भएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशवराज भुर्तेल अस्पतालमा रहेको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको स्तरोन्नति गर्न लागेको बताउँछन् । करिब १० करोड रूपैयाँको लागतमा ५० शैया क्षमतासहितको नयाँ भवन बनाउन लागेको उनले जानकारी दिए ।
आर्थिक स्रोत जुटाएर पुनस्र्थापना केन्द्रको विस्तार गर्न सरकारसँग पहल थालिएको डा. भुर्तेलले बताए । ०६९ असार ५ गतेदेखि सुरू भएको केन्द्रलाई पाँच शैयाबाट हाल बाह्र शैयाको बनाइएको छ, जुन चितवनका लागि पर्याप्त छैन । चितवनमा ५० शैयाको आवश्यकता भए पनि हाल यसले मात्र काम चलाउनु परेको छ ।
ढाडभित्रको हड्डी अर्थात् स्पाइनल इन्जुरी भएकाहरुको उपचारका लागि केन्द्र सञ्चालनको लागि आर्थिक सङ्कलन गर्न अस्पतालले आगामी माघ महिनामा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको छ । हाल २३ जिल्लाका स्पाइनल इन्जुरी भएकाहरु भरतपुर अस्पतालमा रहेका छन् । स्पाइनल इन्जुरी भएकाहरुले सार्वजनिक स्थल अपाङ्गमैत्री बनाइनुपर्ने र सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता दिन आग्रह गर्दै आएका छन्  ।
अपाङ्गमैत्री सामाजिक संरचना तथा सरकारी कार्यालय नभएका कारण विभिन्न समस्या झेल्नु परेको उनीहरुको दुखेसो छ ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In