भरतपुर । नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले कास्कीमा दुईदिने मुटुरोग तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । कास्कीको सर्दी १ मुर्जुङ खोलास्थित माछापुच्छ्रे उच्च माविमा आयोजित शिविरमा सोही विद्यालयमा अध्ययनरत एक हजार ३० जना विद्यार्थीको मुटुरोग परीक्षण गरिएको थियो ।
माघ २९ र फागुन १ गते सञ्चालित शिविरमा २३८ जना जेष्ठ नागरिकहरुको पनि स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठानका जिल्ला सभापति ई भोजराज कौडालले जानकारी दिए ।
चितवनका न्यायाधीश विनोदमोहन आचार्यको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका जिल्ला सभापति ई भोजराज कौडाल विशेष अतिथि रहेका थिए । कार्यक्रम माछापुच्छ्रे उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वज्रमोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शिविरमा डा केशव आचार्य, डा शारदा कँवर, डा सन्तोष भुषाल, डा विपिन खनाल, डा निगम सेढार्इं र स्वास्थ्यकर्मी बद्री घिमिरे, गीता घिमिरे, मञ्जु दूराको मेडिकल टिमले परीक्षण गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका जिल्ला उपसभापति रेशमलाल श्रेष्ठ, कोषाध्यक्ष अशोक अधिकारी, सहकोषाध्यक्ष हर्षमान श्रेष्ठ, सदस्यहरु संजय गुप्ता, रीता कौडाल, वार एशोसिएसन चितवनका अध्यक्ष चुडामणि सापकोटा, पूर्वअध्यक्ष जगन्नाथ मण्डारी, अधिवक्ता फूलमायाँ रानाभाटलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम माछापुच्छ्रे उमाीव, सर्दीखोला गाविस, सर्दीखोला स्वास्थ्य चौकी, स्थानीय आमा र युवा समूहहरुको सहयोगमा सम्पन्न भएको हो ।
Discussion about this post