भरतपुर । चितवन जिल्लामा रहेका बाख्रापालक किसानहरुको हकहितका लागि चितवनमा जिल्ला व्यावसायिक बाख्रापालन संघ गठन भएको छ ।
नेपाल व्यावसायिक बाख्रापालन महासंघका केन्द्रीय संयोजक रविकिरण पौडेलको प्रमुख आतिथ्य एवम् नेपाल व्यावसायिक बाख्रापालन महासंघका केन्द्रीय सदस्य किशोर रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा राम कार्कीको विशेष आतिथ्य रहेको थियो ।
बाख्रापालक किसानहरुको बैठकले मोहन ढकालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सावित्री भण्डारी, सचिवमा हरिबहादुर भट्ट, सहसचिवमा लेखराज भट्ट, कोषाध्यक्षमा चेतप्रसाद अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गंगाप्रसाद न्यौपाने, अर्जुन बोहरा, मित्रप्रसाद अधिकारी, लीला भण्डारी, पुरुषोत्तम खनाल, मन्जुर अहमद मिया, लक्ष्मण पुन, प्रकाश खड्का, नन्दलाल गौतम र दिननाथ पराजुली रहेका छन् ।
Discussion about this post