भरतपुर । भारत सरकारको सहयोगमा गान्धी ग्लोबल फेमिली नेपालको आयोजना तथा नेपाल–भारत मानव विकास एवम् मैत्री संघ चितवनको संयोजनमा मैत्री चिकित्सा शिविर आइतबार जयबुद्ध अस्पताल भरतपुरमा सम्पन्न भएको छ ।
सो अवसरमा मधुमेहका बिरामीहरुका लागि ६ महिनाको निःशुल्क औषधी वितरण गरिएको थियो । नेपाल–भारत मानव विकास एवम् मैत्री संघ चितवनका अध्यक्ष दामोदर न्यौपानेको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश अनन्तराज डुम्रे, संघका केन्द्रीय अध्यक्ष सूर्य भुषाल, जनस्वास्थ्य अधिकृत ईश्वरी पोख्रेल, संघका सचिव लक्ष्मण गुरुङलगायतले मधुमेहका बिरामीहरुका लागि औषधीले सहयोग पु¥याउने बताए ।
दुई–दुई महिनाका दरले ६ महिनाका लागि औषधी बितरण गरिने अध्यक्ष न्यौपानेले बताए ।
प्रमुख अतिथि जिल्ला न्यायधिश डुम्रेले मधुमेहका बिरामी महेन्द्र सिग्देललाई औषधी हस्तान्तरण गरेर शिविरको सुभारम्भ गरिएको थियो ।
Discussion about this post