भरतपुर । सडक आन्दोलनमा जुटेको एकीकृतमाओवादीले विद्रोह सुरू गरेको २० औं वर्षगाँठको अवसरमा आन्दोनललाई सशक्त पार्न कार्यकर्तालाई आव्हान गरेको छ ।
शुक्रबार भरतपुरको गणेशस्थानमा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाओवादीका ताम्सालिङ् राज्य समन्वय समितिका इन्चार्ज नारायण दाहालले आन्दोलनको विकल्प नभएकोले आन्दोलनमा होमिन सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएका छन् । उनले आन्दोलनमा सहभागीनहुने पार्टी सदस्य पार्टीमा रहिरहन आवश्यक नभएको बताउँदै सहमतिको कुरा धेरै टाढा रहेकोले आन्दोलनको बलमा अगाडि बढ्नु पर्ने बताए ।
Discussion about this post