भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सातौ अधिवेशनले हरिहर सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा बालकृष्ण उप्रेती, सचिवमा लोकनाथ सापकोटा, सहसचिवमा कृष्णप्रसाद सापकोटा, लेखा संयोजकमा अविनाश पाठक, लेखा सदस्यमा रामजी सिलवाल, सरस्वती लोहनी तथा सदस्यहरुमा भीमनारायण पौडेल, सत्यमोहन अधिकारी, कासीप्रसाद न्यौपाने, तिलकराज पौडेल, ठाकुरराज विष्ट, सुमित्रा पण्डित, तुलसीराम कँडेल, तोयानाथ पन्थ, विदुर सुवेदी, टिकाराम तिमिल्सेना चयन भएका छन् ।
Discussion about this post