ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्वीस बैंकमा नेपालीको कालो धन

by चितवन पोष्ट
२०७१ माघ २८, बुधबार ०२:०३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

आवश्यक अनुसन्धान गर्न जरूरी
बेलायतको एचएसबीसी बैंकको स्वीट्जरल्यान्ड शाखामा नेपालीको नाममा ५४ मिलियन अमेरिकी डलर अर्थात् पाँच अर्ब ४० करोड रूपैयाँ रहेको खुलासा भएको छ । नेपालमा कर छलेर, भ्रष्टाचारजन्य गतिविधि तथा आपराधिक क्रियाकलापबाट आर्जित रकम स्वीस बैंकमा लुकाइएको हुनसक्ने खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसीआइजेले विश्वका सञ्चारमाध्यमहरुको साझेदारीमा सार्वजनिक गरेको हो । आइसीआइजेको प्रतिवेदनमा एक मिलियनभन्दा कम खातावालको विवरण समेटिएको छैन । संस्थाले सार्वजनिक गरेको विवरणअनुसार आठ नेपालीका ३६ खातामा उक्त कालो धन रहेको पाइएको हो । नेपाल धेरै
रकम राख्ने मुलुुकको सूचीमा ११६औँ स्थानमा रहेको छ ।
विश्वभरका राजनीतिक नेता, कर्मचारी, व्यापारी तथा अपराधीहरुको अनाधिकृत रकम जम्मा हुने स्वीस बैंकमा नेपाली पनि सामेल भएका हुन् । विश्वका प्रतिष्ठित मिडियाहरुमा सार्वजनिक गरिएको नामावलीमा नेपालका तर्फबाट कसले रकम जम्मा गरेको हो, त्यो भने खुलाइएको छैन । नेपालीले सन् १९९४ देखि २००७ सम्ममा ती खाता खोलिएको भेटिएको छ । ती खाताबाट कारोबार भइरहेको देखिए पनि नेपाल राष्ट्र बैंक बेखबरजस्तै बनेको छ । यसअघि पनि सन् २०१३ मा नेपालका तर्फबाट १३ जनाको नाम सार्वजनिक भएको थियो । आइसीआइजेको पछिल्लो खुलासाले नेपालसहित विभिन्न मुलुकलाई गैरकानुनी सम्पत्ति अनुसन्धान गर्न बाटो खोलिदिएको छ । नेपालमा विदेशमा रहेको कालो धनमाथि अनुसन्धान गर्न कानुनी संरचना बनिसकेको स्थितिमा राष्ट्र बैंकले गम्भीरतापूर्वक अनुसन्धान प्रक्रिया अघि बढाउनु आवश्यक देखिएको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्ससहित प्रतिव्यक्ति नेपालीको आय करिब २ हजार ३१० डलर पुगेको छ । हातमुख जोर्नका लागि अधिकांश नेपाली ज्याला मजदुरी गर्न बाध्य छन् । देशको अर्थतन्त्र धराशायी बनिरहेको छ, बेरोजगार जनता दिनहुँ थपिएका छन् । मुलुक राजनीतिक अस्थिरता र संक्रमणको कुचक्रबाट मुक्त हुन सकेको छैन । अधिकांश नेपालीहरु गरिबी र बेरोजगारी समस्याबाट आक्रान्त भइरहेको अवस्थामा विश्वभरका राजनेता एवम् अपराधीहरुसँगै नेपालीको कालो धन स्वीस बैंकमा थुपारिनु दुर्भाग्य हो । केही वर्षअघिदेखि नै नेपाली नेता तथा कर्मचारीका नाममा समेत स्वीस बैंकमा खाता रहेको सुनिँदै आएको थियो । सरकारले स्वीस बैंकमा पत्राचार गरी आवश्यक अनुसन्धान गर्नु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

बढ्दो दुर्घटना चिन्ताको विषय

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In