ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेपाली पत्रकारितामा उब्जिने नैतिकताको प्रश्न

by चितवन पोष्ट
२०७१ माघ २८, बुधबार ०२:०२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मधुसूदन दवाडी
पत्रकारिताको नैतिक सिद्धान्तलाई अंग्रेजीमा ‘इथिक्स’ भनिन्छ, जुन शब्द ग्रीक भाषाको ‘इथोज्’ बाट आएको हो, जसले चरित्र भन्ने बुझाउँछ । पत्रकारिताको नैतिक सिद्धान्त चरित्रसँग सम्बन्धित छ । पत्रकारितामा मात्र नभएर समाजका हरेक क्षेत्रमा नैतिकताको त्यत्तिकै आवश्यकता पर्दछ । यसले सम्बन्धित पेसामा के गर्न हुने र के गर्न नहुने भन्ने स्पष्ट पार्दछ । पत्रकारिता क्षेत्रमा पनि त्यस्तै नैतिकताको मार्गनिर्देशनहरु विश्वव्यापी रुपमा विकसित भएका छन् । जर्मनबाट गुटेववर्ग प्रेसको स्थापना भएसँगै विश्वभर छापा माध्यमको विकासमा सहायता पुग्यो । जर्मनबाट बेलायत हुँदै केही वर्षमा नै छाप्ने मेसिन अमेरिका पुग्यो । बेलायती साम्राज्यको विस्तारसँगै भारतलगायत विश्वका अन्य देशहरुमा पनि प्रेसको विकास भयो ।
सुरूमा बाइबललाई क्रिश्चियन धर्म प्रचारका लागि प्रयोग गरियो । पछि बेलायतबाट समाचारहरु राखेर समाचारपत्र छाप्नेक्रमको सुरूवात भयो । बिस्तारै समाचार लेख्ने शैली र पत्रपत्रिकाको साजसज्जामा पनि नयाँ शैलीहरु भित्रँदै जाँदा विश्वभर पत्रकारिताका केही आधारभूत सिद्धान्तहरु विकसित भए ।
राजनीतिक दर्शन र धार्मिक मान्यताहरुको प्रचारप्रसारमा पत्रपत्रिकाले सहयोग पु¥याए । भारतमा छापिएको पहिलो समाचारपत्र हिक्की गजेट पनि  अगस्टक हिक्की भन्ने एक जना अंग्रेज नागरिकले छापेर प्रकाशित गरेका थिए । नेपालमा पनि बेलायत भ्रमणमा गएका जंगबहादुरले गिद्धे प्रेस ल्याएपछि छाप्ने कार्यको प्रारम्भ भएको थियो र पछि विसं १९५८ मा गोरखापत्र दैनिकको प्रकाशन थालनी भयो । आमजनतालाई सही सूचना दिने उद्देश्यले भन्दा पनि राणाहरुको लहड, शौख तथा अंग्रेजहरुको जीवनशैलीलाई देखेर पत्रिकाको सुरूवात गरिएको थियो । त्यसअघि नै मोतीराम भट्टको सक्रियतामा केही साहित्यिक पत्रिकाहरु भने नेपालबाट प्रकाशित भएका थिए, जसमा ‘सुधासागर’ मुख्य थियो । धेरै पछि विसं २०२३ मा मात्र नेपाली पत्रकारिता कस्तो हुनुपर्छ भनेर पत्रकार आचारसंहिताको विकास भयो । नेपाल पत्रकार संघको प्रथम सम्मेलनले स्वच्छ र स्वस्थ जनमतको निर्माणका लागि भन्दै २२ सूत्रीय नेपाली पत्रकारिताको आचारसंहिता जारी गरेको थियो । त्यसपछि आजसम्म विभिन्न चरणमा प्रेस काउन्सिल र पत्रकार महासंघले परिमार्जन गरेर विभिन्न समयमा आचारसंहिता जारी गरिरहेका छन् ।
हिजोदेखि आजसम्मको नेपाली पत्रकार आचारसंहिताको इतिहास हेर्दा सत्यता, निष्पक्षता, सामाजिक जिम्मेवारीलगायतका विषयहरु नै मुख्य रुपमा उठाइएको छ । पछिल्लो समय अनलाइनको प्रयोग बढ्दै जाँदा पत्रकारिता आचारसंहिताले पछिल्ला मिडियालाई पनि सम्बोधन गर्नुपर्ने भएको छ । सूचनाको चोरी र गलत प्रयोग पछिल्लो समयमा निकै बढेको छ । विशेषतः कतिपय स्थानीय मिडियाहरु राष्ट्रिय समाचार पूरै अनलाइनको कपी गरेर प्रसारित गर्दछन् । कतिपय पत्रकारहरु भने फेसबुक तथा ट्वीटरमा अनुचित तथा असान्दर्भिक फोटाहरु राख्ने गर्दछन् । समाचार मात्र लेखेर आचारसंहिताको पालना हुन्छ भन्ने छैन । पत्रकारको व्यवहार, बानी तथा व्यक्तिगत मान्यताले पनि त्यसलाई निर्देशित गर्दछ । नेपालमा पत्रकारका व्यक्तिगत मान्यता, स्वार्थ तथा बानीव्यवहारले गर्दा नै समय–समयमा पत्रकारिताको नैतिक धरातल संकटमा पर्ने गर्दछ ।
महात्मा गान्धीले भनेजस्तै पत्रकारिताको मुख्य धर्म भनेको समाजसेवा नै हो । यसको अर्थ सही सूचना, जानकारी दिएर समाजलाई सुसूचित गर्नु भन्ने बुझिन्छ । असल र सही सूचनाबाट नै आमसमुदायले सही ज्ञान तथा विचारको निर्माण गर्न सक्छन् । यदि गलत सूचना प्रसारित गरेमा समाज दिग्भ्रमित बन्न सक्ने सम्भावना रहन्छ र युद्ध, हत्या अनि अपराधलाई प्रोत्साहन गर्ने मुख्य साधन पनि मिडिया नै बन्न जान्छ । मिडिया नैतिकवान र मर्यादित बन्न सकेन भने समाजको पहरेदार र ऐनाका रुपमा मानिँदै आएको पत्रकारिता राष्ट्रको चौँथो अंग नभएर कलंक बन्न जान्छ ।
नेपालमा पनि पछिल्लो समय पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरु बढ्दै गएका छन् । नेपाल प्रेस काउन्सिलको तथ्यांकलाई हेर्ने हो भने पनि आर्थिक वर्ष २०५१ देखि आजसम्म आचारसंहिता उल्लंघनका उजुरीहरु हरेक वर्ष बढ्दै गएको देखिन्छ । विसं २०५१–५२ मा जम्मा उजुरीको संख्या ८ वटा थियो भने एक दशकपछि सो संख्या तीन गुनाले वृद्धि भएको पाइन्छ । प्रेस काउन्सिलको केन्द्रीकृत संरचनाले गर्दा पनि आचारसंहिता तथा मिडियाको अनुगमन गर्ने कार्य त्यति प्रभावकारी बनेको छैन । अझै पनि मिडिया तथा पत्रकारहरुले आचारसंहिताको उल्लंघन गर्दा कसरी कारबाही गर्न सकिन्छ भन्ने आमसर्वसाधारण मानिसलाई जानकारीसम्म छैन । त्यसैले, पनि कतिपय मिडियाका गलत कार्यहरु प्रेस काउन्सिलसम्म पुग्दैन ।
आममानिस र संस्थाका स्वार्थहरु बढ्दै जाँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थहरु मिडियामा घुसेका हुन्छन् । जतिसुकै सत्यता र विश्वसनीयताको कुरा गरे पनि राजनीतिक तथा व्यापारिक स्वार्थहरु मिडियामा हाबी हुन्छन् । नेपालमा अझैसम्म पत्रकारिता क्षेत्र राजनीतिक दलहरुको प्रचारप्रसार समूह वा भातृ संगठनजस्तो बनिरहेका देखिन्छन् । हरेक राजनीतिक दलको आफ्ना पत्रकारहरुको संगठन रहेका छन्, जसमा प्रेस चौतारी, प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघ मुख्य छन् । जसले जतिसुकै नैतिकताको कुरा गरे पनि मिडियाले निर्धारण गर्ने विषयवस्तुको छनोट र लेखनमा असर गर्दछ । राजनीतिक अस्थिरता र संक्रमणकाल गुज्रिँदै जाँदा पनि नेपाली पत्रकारिता क्षेत्रको नैतिक धरातल कमजोर बन्दै गएको छ । नेपाली मिडियामा बन्नुपर्ने आधारभूत नीति र नियम पनि समयमा बन्न सकेका छैनन् ।
मिडियाको व्यावसायिक विकास नेपाली समाज र संस्कृतिसँग अन्तरसम्बन्धित रहने भएकाले पनि नेपाली समाजमा बढेको दण्डहीनताले नेपाली पत्रकारिता क्षेत्रलाई पनि गाँजेको छ । यदि समयमा संविधान बनेर देश समृद्धि र विकासको बाटोमा हिँड्न थाल्ने हो भने मिडिया क्षेत्रले पनि स्वतः विकासको गति पक्रन सक्छ । आज दक्षिण कोरिया, थाइल्यान्ड, चीन आदि जस्ता देशका मिडियाहरु बढी जिम्मेवार र व्यावसायिक बन्दै जानुमा ती देशको आर्थिक समृद्धिकै मह¤वपूर्ण भूमिका छ । मिडिया र पत्रकारको संख्यामात्र बढेर सञ्चार क्षेत्रको सकारात्मक विकास भएको मान्न सकिँदैन ।
अभाव र भोको पेटले नैतिक आदर्शका विषयहरु अपनाउन कठिन हुन्छ भनेजस्तै देशको आर्थिक विकास नहुने तर मिडियाको संख्यात्मक विकास मात्र हुँदा विज्ञापनकै लागि मिडियाले स्वाभिमान र पेसागत आत्मसम्मान बेच्नुपर्ने अवस्था आएको छ । विज्ञापनका लागि जे पनि गर्ने प्रवृत्ति मौलाउन गएको छ । चितवनकै सन्दर्भमा कुरा गर्ने हो भने पनि एक दैनिक पत्रिकालाई कुनै संस्थाले विज्ञापन दियो भने भोलि नै अर्काे पत्रिकाले सो संस्थालाई फोन गरी मलाई किन नदिएको भनेर थर्काउने संस्कार विकसित हुँदै गएको छ । टेलिभिजन र एफएम रेडियोहरुमा यस प्रकारको संस्कार हुर्किएको छ । विज्ञापनको दरमा पनि मिडियाहरुका बीचमा साझा मापदण्ड बन्न सकेको पाइँदैन । अस्वस्थ प्रतिस्पर्धाले गर्दा जति पनि मूल्यमा विज्ञापन छाप्नेक्रम बढ्दै छ । विज्ञापनदाताको रोजाइका आधारमा व्यापारिक उद्देश्यले मिडिया छानेर विज्ञापन दिनेभन्दा पनि पत्रकारको धम्की र अनुरोधका आधारमा विज्ञापन दिने संस्कार छ । यदि एउटा व्यापारिक प्रतिष्ठानले कुनै एक दैनिक पत्रिकालाई विज्ञापन दियो भने कुकुरले सिनो खोजेझैँ भोलि नै अन्य मिडियाको टोली सो विज्ञापनदाताको दैलोमा विज्ञापन माग्न पुगेका प्रशस्त उदाहरणहरु छन् । विज्ञापन नदिएकै झ्वाँकमा तथानाम गाली गरेर समाचार लेख्ने प्रचलन पनि बढ्दै छ । टन्न विज्ञापन पाउँदा कुनै महोत्सवमा लाखौँ  मानिस उपस्थित थिए भन्ने पत्रिका विज्ञापन नपाउँदा केही मानिस उपस्थित थिए भनेर लेख्न थाल्छ ।
सामाजिक यथार्थता र वास्तविकतालाई उजागर गर्न मिडियाहरु चुकेका देखिन्छन्, जसका लागि पत्रकार महासंघका जिल्ला शाखाहरु पनि निकै कमजोर ठहरिएका छन् । पत्रकारिता क्षेत्रमा भर्खर प्रवेश गरेकाहरुलाई नैतिक मार्गनिर्देशनका कुराहरु सिकाउने तालिम दिनेसम्मको सामान्य काम पनि गर्न सकेका
छैनन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारमा पनि सधैँ एक–दुई जना मानिसहरु नै पटकपटक भाग लिन पुगेका
हुन्छन् । सीमित व्यक्तिहरुको नियन्त्रण र ठेकेदारीमा अझै पनि कतिपय जिल्लाको पत्रकारिता बन्धक बनेको छ । मिडिया क्षेत्रमा योग्य, शिक्षित तथा प्राज्ञिक व्यक्तिलाई कसरी प्रवेश गराउने भन्नेतर्फ सरोकारवालाहरुको खासै ध्यान पुग्न सकेको पाइँदैन । १२ कक्षा पनि पास गर्न नसकेर पत्रकारितामा हाम फालेको मानिसले पत्रकारिताका नैतिक मूल्य, मान्यता र आदर्शका बारेमा पाठ पढाउने संस्कारको अन्त्य तत्कालै हुन आवश्यक छ । पत्रकारको व्यक्तित्व, लगाव, मेहनत, शिष्टाचार, व्यवहार र बोलीचाली मात्र सुध्रिए पनि नेपाली पत्रकारिताको क्षेत्रमा देखिएका आधा समस्या हल हुन जान्छन् । स्थानीयस्तरमा मिडियाको इज्जत, शान र गरिमा बढाउनका लागि पत्रकारितासँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरु लागिपर्न ढिलाइ गर्नुहुँदैन । केवल महासंघको अध्यक्ष वा उपाध्यक्ष मात्र बन्न गरिने पत्रकारिताले खासै अर्थ राख्दैन । सही, स्वच्छ, शिष्ट, नैतिक र मर्यादित ढंगले मिडिया चलाउन सकिँदैन भने मिडियालाई बन्द गर्नु नै उपयुक्त हुन जान्छ । स्पष्ट योजना, रणनीतिबिना अरुले गरेको देखेर लहडमा मिडिया चलाउनुले
समाजमा खासै प्रभावकारी भूमिका खेल्न सक्दैन ।

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In