रत्ननगर । दुबै मृगौला फेल भएर अस्पतालमा उपचार गराइरहेका चराविज्ञ दिनेश गिरीको उपचारको लागि मंगलबार आर्थिक सहयोग भएको छ । लालीगुराँस साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोकगायक डिबी लोप्चनको अगुवाइमा कुवेतमा रहेका नेपालीहरुबाट संकलित रकममध्येबाट मृगौलापीडित गिरीको उपचारको लागि २० हजार १०० रूपैयाँ सहयोग गरिएको हो ।
मंगलबार बछौलीमा आयोजित कार्यक्रममा महासचिव लोप्चन र लायन्स क्लब अफ चितवन राइनो सिटीका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा टीका गिरीलाई रकम हस्तान्तरण गरेका थिए । यसैबीच लोप्चनले झुवानीमा रहेको दृष्टिविहीन विद्यार्थीहरुलाई पनि २१ हजार रूपैयाँ सहयोग गरिएको छ । कार्यक्रम सम्पन्न गर्न स्थानीयस्तरमा लायन्स क्लब अफ चितवन राइनो सिटीले संयोजन गरेको थियो ।
Discussion about this post