ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सरकारी विद्यालयको विजोग

by चितवन पोष्ट
२०७१ माघ २७, मंगलवार ०३:१५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको संख्या दिनहुँ घट्दो छ । निजी विद्यालयमा राम्रो पढाइ हुने र नतिजा पनि उत्कृष्ट आउने मान्यताले गर्दा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बर्सेनि घटिरहेको छ । अहिले सरकारी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी विपन्न, गरिब र आर्थिक हैसियत कमजोर भएकाहरु नै हुन्छन् । रातदिन दुःख गरेर भए पनि सन्तानलाई निजी विद्यालयमै पढाउनुपर्छ भन्ने अभिभावकहरुको सोचका कारण विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै गएको हो । भौगोलिक विकटता र निजी विद्यालय मोहजस्ता कारणले चितवनमै १५४ विद्यालयलाई समायोजन गर्ने तयारी भइरहेको छ ।
विद्यालय समायोजनसम्बन्धी निर्देशिका २०७० अनुसार विद्यार्थीहरुको संख्या न्यून भएका देशभरका सरकारी विद्यालय गाभिने प्रक्रिया सुरू भएको छ । तोकिएको विद्यार्थी संख्याभन्दा कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने प्रक्रियाअन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनले पनि सम्बन्धित विद्यालयहरुलाई पत्राचार गरिसकेको छ । पहिलो चरणमा १५४ वटा प्राथमिक विद्यालयमा पत्राचार भइसकेको बताइएको छ । निर्देशिकाअनुसार कक्षा १ देखि ३ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा पनि ३० जना र १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा ३५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड तोकिएको छ । मापदण्डबमोजिम विद्यार्थीहरुको संख्याका आधारमा चितवनमामात्र एक सयभन्दा बढी विद्यालय आपसमा गाभिने भएका छन् ।
विद्यार्थी संख्या कम भएका विद्यालयमा तह घटाएर अध्यापन गर्न सकिने प्रावधान पनि निर्देशिकामा छ । विद्यार्थी संख्या तोकिएकोभन्दा कम भएमा नजिकैको अर्को विद्यालयमा गाभ्न सकिने भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थीलाई असर पुग्ने देखिएको छ । विद्यालय क्षेत्र सुधार योजनाको अवधारणअनुरुप एकदेखि १२ कक्षासम्मको शिक्षालाई पुनर्संरचना गरी विद्यालय शिक्षाको एकीकृत रुप निर्धारण गर्ने र नक्साङ्कनका आधारमा दुई वा सोभन्दा बढी आधारभूत विद्यालयलाई एउटामा गाभ्ने निर्देशिका बनेको छ । तर दुर्गम र पहाडी क्षेत्रका विद्यालयलाई गाभ्दा
धेरै विद्यार्थीले पढाइ छाड्ने जोखिम पनि उत्तिकै देखिएको छ ।
नेपालमा विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालय सयौँको संख्यामा छन् । पूर्वाधार नै नभएका विद्यालयलाई पनि अनुचित लाभ लिएर अनुमति दिइने रोगले नराम्ररी गाँजेको छ । प्रक्रिया नपु¥याइ विद्यालय खोल्न अनुमति दिने तथा विद्यार्थी संख्या यकिन नभई निकासा दिने पदाधिकारीका कारण यस्तो समस्या देखिएको हो । अनुचित लाभ लिएर पूर्वाधार नभएका विद्यालय खोल्न अनुमति दिने पदाधिकारीलाई तत्काल विभागीय कारबाही
गर्नुपर्छ । दुर्गम क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या बढाउन अभियान सञ्चालन गर्दै विद्यालय समायोजन प्रक्रिया अघि बढाउनु जरुरी देखिएको छ ।

Related Posts

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In