ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खुल्न लागेको वार्ताको ढोका

by चितवन पोष्ट
२०७१ माघ २६, सोमबार ०१:५६ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

संविधान लेखनको विषयलाई लिएर बहुमत र अल्पमत पक्षधरहरुबीच भएको चरम विवादले पानी बाराबारको स्थिति उत्पन्न भएपछि राष्ट्रपति र प्रधानमन्त्रीले दुवै पक्षलाई मिलाउन सहजीकरणको प्रयास थालेका छन् । सडक आन्दोलनमा उत्रिने अन्तिम तयारीमा रहेको अल्पमत पक्ष र बहुमतीय प्रक्रियाबाट भए पनि संविधान बनाएर छाड्ने नेपाली कांग्रेस र नेकपा एमालेसमेतका साना दलहरु अहिले आफ्नो पुरानो निर्णयमाथि पुनर्विचार गर्ने पक्षमा पुगेका छन् । संविधानको विषयलाई लिएर आन्दोलन नचाहने नेपाली जनता अहिले केही मात्रामा भए पनि राहतको अनुभूति गरिरहेका छन् । यो कुनै हारजितको खेल नभएर यौटा निश्चित उद्देश्य प्राप्तिका लागि थालिएको सार्थक प्रयास मात्र हो । यो आफैँमा कुनै प्रतिस्पर्धात्मक खेल नभएर निश्चित विषयवस्तुमाथि राष्ट्रिय सहमति कायम गर्ने प्रयास मात्र हो भनेर हामीलाई बुझ्न सजिलो हुनेछ ।
संविधान भनेको देशको मूल कानुन मात्र नभएर सम्पूर्ण नेपालीको साझा राष्ट्रिय दस्तावेज पनि हो । संविधानकै लागि भनेर सात वर्षको मह¤वपूर्ण समय खेर गइसकेको छ र ३० अर्बभन्दा बढी राष्ट्रिय ढुकुटीको रकम खर्च भइसकेको छ । तर, परिणाम भने अझै पनि शून्य गतिमा रहेको छ । केही मह¤वपूर्ण विषयवस्तुमाथि सहमति कायम हुन नसकेपछि सुरू भएको विवाद अहिले चरमोत्कर्षमा पुगेको सबैले अनुभव गरेका छन् । यो बन्द ढोका खुलाउन उच्चस्तरबाट भएको पछिल्लो प्रयासले सकारात्मक रुप लिन खोजेको छ । दुवै पक्षले आ–आफ्नो अडानमा केही लचकता देखाए भने समस्याको समाधान हुनेछ ।
अहिले ६०१ जना सभासद्हरु आफूले कर्तव्य पूरा गर्न नसकेको स्थितिप्रति चिन्तित देखिएका छन् । ठूला नेताहरुको अहम्का कारण सभासद्हरु पनि बदनाम भएका छन् । कामै नगरेर तलबभत्ता खानुपर्दा र त्यसैकारण जनताको गाली सुन्दासुन्दा उनीहरुमा एक प्रकारको आत्मग्लानि भइरहेको हुनुपर्छ । जनताको अमूल्य मतको सम्मान गर्न नसक्दा सभासद्हरुलाई पीडाबोध पनि भएको छ । केही दिनअघि विभिन्न दलका युवा सभासद्हरुले नेताहरुलाई दबाब दिन दबाब समूह नै गठन गरेका थिए । अहिले देशको राजनीतिक परिदृश्यमा उज्यालो घाम झुल्किन खोज्दैछ । अब दुवै पक्षले लचकता अपनाएर साझा सहमतिको बिन्दु खोज्नुको अरु कुनै विकल्प देखिएको छैन ।
नेपाली जनताको सर्वोत्तम हितका लागि सबै दलले त्यागको भावना प्रदर्शन गर्न सक्नुपर्दछ । देश र जनताभन्दा ठूलो शक्ति अरु कोही पनि छैन भन्ने तथ्यलाई आत्मसात् गरेर बन्द हुन लागेको सहमतिको ढोका खोल्न अग्रसरता देखाउनुमा नै सबैको विजय हुनेछ । गणतन्त्रको सुगन्धमा धक्का नलाग्ने र आँच नपुग्ने गरी सहमतिको मार्ग प्रशस्त गर्न दुवै पक्ष तयार हुनुपर्दछ । यो लगभग सहमतिका लागि अन्तिम अवसर पनि हुन सक्तछ । यसरी प्राप्त अवसरको अधिकतम सदुपयोग गर्नु सबै सरोकारवाला राजनीतिक दलहरुको साझा कर्तव्य हुन आएको छ । सडक आन्दोलन गरेर मात्र जनताको संविधान बन्ने होइन । आफूले जे भन्नुछ, त्यो संविधानसभाको बैठकमा राखेर विधिविधानअनुसार जनताको अधिकारलाई संविधानमा समेट्नु अल्पमत पक्षको धर्म हो । अब जनताले आन्दोलन होइन, अधिकारसम्पन्न संविधान चाहेका छन् र यसमा कुनै सम्झौता हुन सक्तैन भन्ने कुरा खासगरी प्रमुख राजनीतिक दलका नेताहरुले बुझ्नु जरूरी छ ।

Related Posts

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In