भरतपुर । स्थानीय संभावनाको खोजी गर्दै चितवनको पर्यटन विकासमा टेवा पु¥याउन ज्ञानेश्वर सामुदायिक वनको भूमिका प्रशंसनीय रहेको सरोकारवालाहरुले बताएका छन् । पश्चिम चितवनको ३ वटा सामुदायिक वन तथा ज्ञानेश्वर सामुुदायिक वनसँगको सहकार्यमा पर्यापर्यटनको विकास गरी देशभर सकारात्मक सन्देश फैलाउन सफल भएको उनीहरुको भनाइ छ । वनको परिषद् सभाका संयोजक नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको परिषद्मा कार्यपत्र प्रस्तुत गर्दै ज्ञानेश्वर सामुदायिक वनले ६ महिनामा आफ्नो लक्ष्यभन्दा बढी आम्दानी गरेको छ ।
वनले ६ महिनाको अवधिमा ४८ लाखभन्दा बढी आम्दानी गरेको संस्थाका कोषाध्यक्ष लोकेन्द्र अधिकारीले पेश गरेकोे आर्थिक प्रतिवेदन उल्लेख छ । वनले आर्थिक वर्ष ०७१÷७२ लागि ७० लाखको लक्ष्य लिएको भए पनि सो भन्दा बढी आम्दानी गरेको हो ।
वनको १५ आंै परिषद् भेलामा अर्धवार्षिकी प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका सचिव कमला पोखरेलले चितवन महोत्सवले वनको प्रचार प्रसारमा ठूलो सहयोग पु¥याएको बताए । महोत्सवमा राखिएको टुर प्याकेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वनको पर्यटनको प्रचार भएको बताइन् ।
परिषद्ले आफनो आम्दानीको स्रोत काठ विक्रीबाट नभई वनलाई पर्यटकीय स्थलको रुपमा विकास गरी पर्यटनलाई मुख्य स्रोत बनाउने निष्र्कष समेत निकालेको छ । परिषद्लाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासघंका जिल्ल्ला अध्यक्ष सुरवीर पोखरेलले आन्तरिक पर्यटक भित्रयाउन होमस्टेको अवधारण अगाडि बढाउनुपर्नेमा जोड दिए । वनका अध्यक्ष वसन्तकुमार थापाले वन संरक्षणमा ध्यान दिँदै १० जना उपभोक्तालाई ग्यास र चुलो वितरण गरेको जानकारी दिए । कार्यक्रममा पुर्व अध्यक्ष दण्डपानी भट्ट, इण्न्जिनियर शोभाखर पौडेल, निर्माण व्यावसायी सघंका जिल्ला अध्यक्ष कुमार आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post