भरतपुर । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत सोमबार र मंगलबार हुने क्षेत्र नम्बर २ अन्तर्गतका सबै कार्यक्रमहरुको तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिएका छन् ।
क्षेत्र नम्बर २ अन्तगर्तका खेलहरु पंचकन्या उमावि जयमंगलामा संचालन हुनेछन् । यसअघि क्षेत्र नम्बर ५ को माडी गर्दीमा र क्षेत्र नम्बर ४ को पटिहानीमा खेलहरु सम्पन्न भइसकेका छन् । क्षेत्रीय प्रतियोगिताबाट छानिएका विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
Discussion about this post