भरतपुर । मालिका फुड्स प्रालि चितवनको उत्पादन पूर्णिमा मसला ६३ जिल्लामा पुगिसकेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
हाल आफूहरुको व्यापार राजधानी केन्द्रित भएको मालिका फुड्सका अध्यक्ष चित्रप्रसाद बरालले बताए । उत्पादनभन्दा पनि माग बढी भएको उनले बताए । खियारहित मेसिनबाट गुणस्तरीय मसला उत्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष बरालले आफूहरुको उत्पादनमा कुनै पनि मिसावट नभएको दाबी गरे । यस उद्योगले २५ थरिका मसला उत्पादन गर्दै आएको छ । गुणस्तरीय मसला उत्पादनमा कुनै सम्झौता नगरेकाले आफूहरुले अन्य मसलाको बजार समेत ओगटेको अध्यक्ष बरालको दाबी छ । साथै उनले निकट भविष्यमै ४५ किसिमको उत्पादन गर्ने तयारी भइरहेको बताए ।
उद्योगका प्रबन्ध निर्देशक चुडामणि ढकालले गुणस्तरीयता नै आफूहरुको पहिचान भएको बताए । मसलाका लागि आवश्यक कच्चा पदार्थ भारतबाट निर्यात हुने गरेको उद्योगका संचालक दिनेश रेग्मीले जानकारी दिए ।
संचालक गौरीश्वर सापकोटाले अन्य मसलाभन्दा मूल्यमा केही महँगो भनी गुनासो आएपछि प्रयोगका हिसाबले आफूहरुको उत्पादन प्रभावकारी भएको जिकिर गरे । २०७० असोज महिनाबाट संचालनमा आएको उद्योग भरतपुर ९ गोन्द्राङमा छ ।
Discussion about this post