गीतानगर । गीतानगर जेसीजको आयोजनामा शुक्रबार समाजसेवी स्वर्गीय श्यामप्रसाद अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल जेसीजको वर्ष २०१३ को उत्कृष्ट युवा पुरष्कारबाट सम्मानित मुक्तिराम अधिकारी एवम् गीतानगर जेसीजका निर्देशक युवराज अधिकारीका पिता स्वर्गीय श्यामप्रसाद अधिकारीको १३ औँ दिनको पुण्यतिथिको अवसर पारेर गीतानगर जेसीजले सभाको आयोजना गरेको थियो ।
गीतानगर जेसीजका अध्यक्ष विकास लामिछानेको सभापतित्वमा आयोजित सभामा नेपाल जेसीजका पूर्व महासचिव अरूणेश्वर खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार ध्रुवराज मिश्र, गीतानगर जेसीजका संस्थापक एवम् नेपाल जेसीजका पूर्व अध्यक्ष दिनेश कोइराला, गीतानगर जेसीजका संस्थापक रमेशप्रसाद कोइरालालगायतले समवेदना प्रकट गरेका थिए ।
यस्तै अधिकारीको परिवारका तर्फबाट छोरा मुक्तिराम अधिकारी र बन्धुबान्धवका तर्फबाट अधिकारीका भाइ विश्वरमण अधिकारीले दाजु श्यामप्रसाद अधिकारीको जीवनीको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम गीतानगर जेसीजका महासचिव अर्जुन पौडेलले सञ्चालन गरेका थिए ।
Discussion about this post