ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनको गाउँगाउँमा कुष्ठरोगीको खोजी

by चितवन पोष्ट
२०७१ माघ २४, शनिबार ०२:३३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । चितवनको पहाडी गाविसमा अहिलेसम्म कुष्ठरोगी फेला नपरेकाले अवस्थाको अध्ययन गर्न गाउँगाउँमा कुष्ठरोगीको खोजी अभियान सञ्चालन गरिने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले कुष्ठरोगी खोजी अभियानका लागि प्रक्रिया सुरू गरेको र फागुन महिनाबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यसअघि चितवनका पहाडी गाउँमा कुष्ठरोगी नभेटिएकाले वास्तविकता हो या उपचारको पहुँचमा बिरामी आइनपुगेका हुन् भनेर अध्ययन हुने जनस्वास्थ्य कार्यालयको कुष्ठ तथा क्षयरोग अधिकृत जयराम दवाडीले जानकारी दिए ।
उनका अनुसार चितवनको दाहखानी र लोथर गाविसमा उक्त अभियान सञ्चालन हुनेछ । शिविर सञ्चालन गरेर रोगीको अवस्थाबारे बुझ्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले गएको एक वर्षमा गरेको अध्ययनमा भरतपुर उपमहानगरपालिकामा मात्रै २२ जना कुष्ठरोगका बिरामी फेला परेको अधिकृत दवाडीले जानकारी दिए ।
जिल्लाका ६ नगरपालिका र ६ वटा गाविसमा मात्रै कुष्ठरोगका बिरामी फेला परेको तथ्याङ्क छ । चितवन नगरपालिकामा ९, नारायणीमा ४, माडीमा ६, खैरहनीमा २ र रत्ननगरमा ६ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ ।
यता भण्डारा गाविसमा ३, पिप्लेमा १, कठारमा १, वीरेन्द्रनगरमा २, जुटपानी र दिव्यनगरमा २ जना गरी ९ जना बिरामी गाविसमा फेला परेका छन् । अन्य गाविसमा अहिलेसम्म फेला परेको छैन ।
उनका अनुसार जिल्लामा कुल ५६ जना कुष्ठरोगीमध्ये २२ जना भरतपुरमा र अन्य नगरपालिकामा २५ जना तथा ६ वटा गाविसमा ९ जना बिरामी छन् ।
चितवनमा गएको एक वर्षमा ६७ जना र त्यसको अघिल्लो वर्ष १०५ जना कुष्ठरोगीको उपचार भएको थियो ।
उक्त रोग सर्ने र नसर्ने दुई प्रकारका हुने र यो रोग छ महिना र १२ महिनासम्म नियमित औषधि सेवन गर्दा निको हुने चिकित्सकले बताएका छन् । रासस

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In