ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘ज्यूँदो माछा ओसारपसारमा प्रहरीबाटै हैरानी’

by चितवन पोष्ट
२०७१ भाद्र ३, मंगलवार ०२:०७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । पसलमा पाइने ज्यूँदो माछाले नेपालीलाई माछा किनेर खान आकर्षित ग¥यो । चितवन, पोखरा, काठमाडौं जताततै अहिले धमाधम ज्यूँदो माछा पसल खुल्न थालेका छन् । तर ज्यूँदो माछा ढुवानी गर्दा प्रहरीले हैरान पार्ने व्यवसायीको दुःखेसो छ ।
माछा काठमाडौं लैजाँदा नागढुंगा नाकामा प्रहरीले दुःख दिने गरेको चितवनका मत्स्य व्यवसायीहरुले जानकारी दिएका छन् । चेक पोष्टमा प्रहरीले माछा वा नगद माग गर्ने व्यवसायीको गुनासो छ । मागेको रकम र माछा नदिए अनेक बाहानामा दुःख दिने नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारीले बताए ।
‘प्रहरीले नाकामा दिने हैरानीका विषयमा प्रहरी प्रधान कार्यालयमा सोमबार जानकारी पत्र समेत पठाएका छौं’, महासचिव अधिकारीले भने । प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रमा चेक पोष्टमा अनावश्यक विवाद परी आर्थिक लाभसमेत लिने गरेको उल्लेख छ । सो पत्रको बोधार्थ कृषि मन्त्रालय, मत्स्य विकास निर्देशनालयलगायतका छवटा सरकारी निकायमा पनि पठाइएको छ ।
नेपालमा भारतीय माछाको खपत निकै छ । भारतबाट आउने माछा नकुहियोस् भन्नका लागि फर्मालिनजस्तो मानव स्वास्थ्यलाई असर गर्ने खतरनाक रसायन राख्ने प्रमाणित हुने गरेको छ । केही समययता नेपालमा पनि माछा उत्पादन बढ्न थालेको छ । नेपाली माछा ज्यूँदै उपभोक्तासम्म पु¥याउने प्रयास व्यवसायीहरुले गर्दै आएका छन् ।
‘यसरी ज्यूँदो माछा बोकेर जाने गाडीहरु रोकेर पैसा र माछा माग्ने गरिन्छ’, महासचिव अधिकारीले भने । चितवनबाट नागढुंगा हुँदै र बारा, पर्साबाट फर्पिङ हुँदै ज्यूँदो माछा काठमाडौं जाने गरेको छ । ‘दुवै ठाउँमा दुःख दिने गरेको व्यवसायीहरुको गुनासो आउने गरेको छ’, महासचिव अधिकारीले भने ।
उनको माछा आइतबारमात्रै काठमाडौं जाँदा प्रहरीले दुःख दिएको थियो । बिहान आठ बजे एक क्विटल ८७ केजी ज्यूँदो माछा बोकेको ना २ च ४४४७ नम्बरको बलेरो पिकअपबाट प्रहरीले पहिला पैसा मागेका थिए । ‘पिकअपमा रहेका मेरो साथीले पैसा दिन नमानेपछि बिलबुक खोसेर लगेछ’, अधिकारीले भने ।
‘धेरै विवाद भएपछि अन्तिममा पाँच सय रुपैयाँ जरिवाना काटेरमात्रै गाडी छाडेछन्’, अधिकारीले भने । माछा पशुसेवा कार्यालयले प्रमाणित गरेको हुनु पर्छ । चितवन जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा.टीकाराम न्यौपानेले माछा स्वास्थ्यकर भनेर प्रमाणित गरेको कागजपत्र पनि साथमै थियो ।
‘सबै कागजपत्र देखेपछि अन्तिममा दुःख दिने नियतले ओभरलोड भनेर जरिवाना काटेछन्’, महासचिव अधिकारीले भने । मत्स्य व्यवसायीहरु आउँदो पाँच वर्षभित्र नेपाललाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान चलाइरहेको अधिकारी बताउँछन् । ज्यूँदो माछा उपभोक्तालाई आकर्षित गर्न निकै प्रभावकारी भएको उनले बताए ।
‘प्रोत्साहनको साटो प्रहरीले दुःख हैरानी दिने कार्य ज्यादै नै निन्दनीय छ । यस्तो घटनाको तुरुन्त छानविन होस् । दोषीलाई कारबाही होस्’, मत्स्य व्यवसायी संघले प्रहरी प्रधान कार्यालयमा पठाएको पत्रमा उल्लेख छ । केन्द्रीय महासचिव अधिकारीका अनुसार अहिले दैनिक पाँच गाडी ज्यूँदो माछा काठमाडौं जाने गर्छ । माग बढी हुने समयमा यो दोब्बर हुन्छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In