नारायणगढ । ब्राम्ही बचत तथा ऋण सहकारी संस्था लि. भनपा–२ क्षेत्रपुरको दोस्रो वार्षिक साधारण सभा सोमबार रामेश्वर पुस्तकालय क्षेत्रपुरमा सम्पन्न भएको छ ।
सहकारी डिभिजन प्रशिक्षण कार्यालय चितवनका सूचना अधिकृत श्रीकृष्ण नेपालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा गत वर्षको आय व्ययबारे समीक्षा गरी चालु वर्षको कार्यक्रमहरु तय गरिएको छ ।
बचतकी अध्यक्ष शशी श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा गत आर्थिक वर्ष २०७०÷०७१ को ४९ लाख २२ हजार ३०४ रुपैयाँ ६७ पैसाको यथार्थ आय व्यय भएको कोषाध्यक्ष गणेशमाया शाहीको प्रतिवेदन प्रबन्धक मिरा श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।
साधारण सभामा रामेश्वर पुस्तकालयका अध्यक्ष केशवकुमार श्रेष्ठ, प्रभात बचत तथा ऋण सहकारी संस्था लिकी सचिव सरस्वती कतिला, लायन्स क्लब अफ नारायणी नारायणगढकी उमा श्रेष्ठ, क्षेत्रीय संयोजक सरस्वती पौडेल, ब्राम्ही बचतकी सचिव कविता श्रेष्ठ, सदस्य मीना पाण्डेलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post