ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नैतिकताको संकट परेको मुलुक

by चितवन पोष्ट
२०७१ भाद्र २, सोमबार ०६:०० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मुलुक दिन प्रतिदिन नैतिकताको संकटबाट गुज्रिरहेको छ । यसलाई एउटा विडम्बना नै मान्नुपर्ने हुन्छ कि गणतन्त्रको स्थापनापश्चात् भ्रष्टाचारले झन् संस्थागत रुप लिन पुग्यो । जति ठूलो पदमा पुग्यो, उति ठूलो रकमको भ्रष्टाचार गर्ने गरिएका अनेक उदाहरणहरु अहिले देखिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विगत केही महिनायता भ्रष्टाचारीविरूद्ध अभियान नै सञ्चालन गरेपछि विभिन्न विश्वविद्यालयका उपकुलपतिदेखि लिएर अन्य उच्चपदस्थ व्यक्तिहरु अहिले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । प्राज्ञिक भनेर चिनिएका व्यक्तिहरु नै यसरी भ्रष्टाचारमा संलग्न रहेको पाइएपछि मुलुक नैतिकताको संकटमा परेको अनुभव गरिएको हो ।
भ्रष्टाचारीको पछिल्लो उदाहरणका रुपमा सम्पत्ति शुद्धीकरण आयोगका अधिकृत शम्भुप्रसाद चालिसे गत शनिबार राजधानीमा घूस लिँदै गरेको रकम दस लाखसहित अख्तियारको फन्दामा परेका छन् । एकपछि अर्को भ्रष्टाचारका डरलाग्दा घटनाहरु सार्वजनिक भइरहँदा चोखो कमाइमा बाँच्न चाहने र नैतिकताको ख्याल राख्ने व्यक्तिहरु अहिले आफैँ आश्चर्यमा परेका छन् । गरिब मुुलुक भनेर चिनिने नेपाल अब भ्रष्टहरुको देश भनेर चिनिन थाल्यो भने निष्ठावान र इमानदार नागरिकहरुले आफ्नो प्रतिष्ठा कसरी जोगाउने भनेर चिन्ता गर्न थालेका छन् ।
दिनभरि मिहिनेत गरेर पनि आफ्नो परिवारको पेट पाल्न नसकिरहेका व्यक्तिहरु एकातिर छन् भने अर्कोतिर नियम–कानुन मिची कालो धन जम्मा गरेर रातारात करोडपति बन्ने व्यक्तिहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । यो भयावह स्थितिको अन्त्य गर्न सरकारको कठोर प्रतिबद्धता आवश्यक देखिएको छ । सबै ठाउँमा अख्तियारको दृष्टि पुग्न नसक्ने हुँदा प्रत्येक मन्त्रालयमा भ्रष्टहरुलाई पक्राउ गरेर अख्तियारको जिम्मा लगाउने एउटा इकाइ स्थापना गर्नु जरूरी देखिएको छ । यसबाहेक, भ्रष्टाचारीलाई कसुरअनुसार आजीवन कारावाससम्म गर्न सकिने कानुनी व्यवस्था गर्न सकेमा भ्रष्टाचारका घटनाहरु न्यूनीकरण हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।
गणतन्त्र स्थापना भएको आठ वर्षमा मुलुकको अर्थतन्त्र र विकासको गति झन्झन् पछाडि धकेलिँदै गएको छ । नैतिकवान र इमानदार व्यक्तिहरु उपेक्षित बनेका छन् भने भ्रष्टहरु सम्मानित र पुरस्कृत बन्दै गएका छन् । यो विडम्बनापूर्ण स्थितिले गणतन्त्र भन्ने शब्दलाई नै बदनाम गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुले यो गम्भीर समस्याप्रति संवेदनशील भएर शुद्धीकरणका लागि आवश्यक प्रयास गर्नु जरूरी भैसकेको छ । सुस्त गतिमा हिँडेको वर्तमान सरकारबाट तत्काल त्यस्तो परिणाममुखी कामको अपेक्षा गर्न नसकिएका कारण राजनीतिक दल र सचेत नागरिकहरुले खबरदारी गर्नु जरूरी भएको छ ।

Related Posts

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

चिसोले मध्यपूर्वी तराईको जनजीवन कष्टकर

चिसोले अस्तव्यस्त तराई

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In