ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अवैध भारतीय चल्लाले नेपाल ढाक्दै

by चितवन पोष्ट
२०७१ भाद्र २, सोमबार ०५:५१ गते
in अर्थ, समाचार, समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

चितवन । अवैध रुपमा भित्रिने भारतीय चल्लाले नेपालको कुल मागको एक चौथाइ हिस्सा ओगट्न थालेको छ । अवैध चल्ला नियन्त्रण नभए नेपालको कुखुरा व्यवसायमा गम्भीर असर पर्ने व्यवसायीहरु बताउँछन् ।
चितवनका पोल्ट्री व्यवसायी, मासु व्यवसायी र ह्याचरी उद्योग तथा कुखुरापालक साना किसानहरुको शनिबार नारायणगढमा भएको संयुक्त बैठकले चल्ला आउनेक्रम रोक्न सरकारसँग अपिलसमेत गरेको छ । व्यवसायीहरु नै अनुगमनमा खट्ने भएका छन् ।
ह्याचरी व्यवसायीहरु यो बेला भारतबाट नेपालमा तीव्र रुपमा चल्ला भित्रने अवस्था रहेको बताउँछन् । ‘साउनदेखि असोजसम्म भारतमा मासु खानेहरु धेरै कम हुन्छन् । त्यसैले यो बेला उत्पादन भएका चल्लाहरु भारतमा बिक्री हुँदैन । ती अवैध बाटोबाट नेपाल छिर्ने गर्छन्’, नेपाल ह्याचरी व्यवसायी संघका केन्द्रीय सदस्य तथा चितवनका अध्यक्ष ऋषिराम पौडेलले भने ।
अहिले देशभर हप्तामा २० लाख चल्ला उत्पादन हुने गरेको छ । जसमध्ये आधा चितवनमा नै उत्पादन हुन्छ । नेपालमा ब्रोइलरको ‘कब फाइब हण्ड्रेड’ जातको चल्ला उत्पादन हुन्छ । भारतमा ‘कब फोर हण्डे«ड’ जातको उत्पादन हुन्छ । केही ध्यान दिएर हेर्ने हो भने भारतीय र नेपालमा उत्पादन भएको चल्ला चिन्न सकिन्छ । तर केही कम मूल्यको लोभ देखाएर भारतीय उत्पादन बिक्री हुँदै आएको छ ।
‘भारतीय चल्ला नेपालीभन्दा प्रतिगोटा १० रुपैयाँसम्म सस्तो पर्छ’ ब्रोइलर कुखुरापालक किसान दीपक पाण्डेले भने । पाण्डेका अनुसार भारतीय चल्लाको खुट्टा केही मोटो हुन्छ । त्यस्तै चाँडै नै उड्ने र दगुर्ने स्वभावका हुन्छन् । ठूलो हुँदै गएपछि भारतीय हो वा होइन प्रष्ट छुट्टिन्छ । भारतीय कुखुराको छाती सुकेको हुन्छ ।
‘भारतीय ब्रोइलरको छाती सुकेको हुन्छ, मासु पर्दैन’, मासु व्यवसायीसमेत रहेका ब्रोइलर पालक दीपक पाण्डेले भने । नेपाली ब्रोइलर काट्दा १६ देखि १८ प्रतिशतसम्म मात्रै खेर जाने गर्छ भने भारतीय ब्रोइलरको ३० प्रतिसम्म खेर जान्छ । ‘मासु कम पर्ने भएपछि व्यवसायीले मूल्य दिँदैनन् । भारतीयलाई जुन मूल्य दिन्छन् नेपालीको पनि त्यही मूल्य गर्न थालेका छन्’, पाण्डेले भने ।
भारतीय ब्रोइलरले दाना पनि धेरै खान्छ । त्यसैले चल्लाको कम मूल्यमा लोभिँदा धेरै घाटामा पर्नुपर्ने पाण्डेले बताए । नेपालमा अहिले मागको २५ प्रतिशतसम्म भारतीय चल्ला आपूर्ति भएको व्यवसायीहरुको अनुमान छ । कहिलेकाँही फाट्टफुट्ट समातिने गरेको पनि छ । तर त्यो साह्रै कम समातिने गरेको छ ।
ह्याचरी उद्योग संघका जिल्ला अध्यक्ष पौडेल हप्तामा २५ हजारसम्म अवैध रुपमा भित्रिएका भारतीय चल्ला बरामद हुने गरेको बताउँछन् । ‘तर यो जति भित्रन्छ, त्यसको एक छेउ पनि होइन । भित्रिनेमध्ये पाँच प्रतिशत पनि बरामद हुन सकेको छैन’, पौडेलले भने । पछिल्लो समय नेपाली ह्याचरी उद्योगका नाम अंकित कार्टुनमै भारतीय चल्ला आउने गरेका छन् ।
‘भारतीय चल्ला ल्याएर नेपालकै केही ह्यचारीहरुले बजारमा पठाएको पनि भेटिएको छ । त्यस्तालाई हामीले चेतावनी पनि दिएका छौं । तर समस्या कम हुन अझै सकेन’, ह्याचरी उद्योग केन्द्रीय सदस्य ऋषिराम पौडेलले भने । सीमा क्षेत्रका ह्याचरीहरु यस्तो काममा संलग्न हुने गरेको व्यवसायीहरु बताउँछन् ।
‘मासु कम हुने भएपछि भोलि भारतीय ब्रोइलर कम मूल्यमा बिक्छ । अनि नेपाली कुखुराको दर पनि त्यही हुन्छ । जस्ले गर्दा हामी सबै मर्कामा पर्ने अवस्था आउने भयो’, ब्रोइलरपालक किसान दीपक पाण्डेले भने ।

Related Posts

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

Chitwan Post

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

Discussion about this post

अन‌ि यो पनि

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा
समाज

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

सिरहा । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा...

Read more
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

Chitwan Post

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In