प्राधिकरणमा क्रियाशील पाँचवटै टे«ड युनियका अध्यक्षले ऊर्जा मन्त्रालयले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाएको विषयमा असन्तुष्टि प्रकट गर्दै सो निर्णय सच्याउन माग गरे ।
मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सफल मानिएको नमूना परियोजनालाई असफल बनाउन प्रबन्ध सञ्चालकलाई फिर्ता बोलाइएको र अनावश्यक राजनीति गरिएको भन्दै उनीहरुले आपत्ति प्रकट गरे ।
कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले भन्नुभयो, “आगामी तीन वर्षभित्र चिलिमेका चारवटै आयोजना सम्पन्न भएनन् भने त्यसको जवाफदेही ऊर्जामन्त्री र ऊर्जा मन्त्रालयले लिनुपर्छ ।”
चिलिमेले हाल मध्यभोटेकोसी, साञ्जेन, माथिल्लो साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रबन्ध सञ्चालक घिसिङलाई फिर्ता बोलाइएको भन्दै हाल ती आयोजना तालाबन्दीको सिकार बनेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाही र राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष सीताराम थापाले चिलिमे नमूना असफल पार्न चलखेल भएको आरोप लगाउँदै प्राधिकरणको पूर्व निर्णय नसच्याइए कडा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो ।
कर्मचारी कल्याण परिषद्का अध्यक्ष अमृतबहादुर खापुङले प्राधिकरण डुब्ने अवस्थामा पुगेको बेला आशा जगाएको आयोजनामा राजनीतिकरण गर्न खोज्नु गलत भएको बताउनुभयो ।
कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले भने घिसिङ फिर्ती प्रकरण स्वभाविक भएको बताउनुभयो । सोही प्रसङ्गमा ऊर्जा मन्त्री ज्ञवालीले भने कर्मचारी सरुवाको विषयमा अराजकता नमच्चाउन टे«ड युनियनलाई आग्रह गर्नुभयो
Discussion about this post