ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एचआईभी सक्रमितलाई भेदभाव गरिएको गुनासो

by चितवन पोष्ट
२०७१ श्रावण ३१, शनिबार ०७:०६ गते
in समाचार, समाज, स्वास्थ्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको संक्रमकितहरुले गुनासो पोखेका छन् । एचआईभी संक्रमितको अवस्था र उपचार सेवासम्बन्धी सिनर्जी एफएमले गरेको जनबहस कार्यक्रममा बोल्दै संक्रमितहरुले विभिन्न समस्या र अपठ्याराका कारण खुलेर आउन नसकेको बताएका छन् ।
छहारी महिला समूहकी उपाध्यक्ष मनु तामाङले समाजमा अझै पनि एचआईभी संक्रमितलाई हेर्ने नजरमा सुधार नभएको उल्लेख गरेकी छन् । समाजमा अझै पनि हेय र भेदभाव कायमै छ, घर परिवारले लगाउने अनावश्यक लाञ्छनाका कारण संक्रमितहरु थप पीडामा रहेको उनले बताइन् । एचआईभी संक्रमित खुल्न चाहे पनि डरका कारण खुल्न नसकेको उनको भनाइ थियो ।
राज्यले एचआईभी संक्रमितको विषयमा गम्भीर नबने समस्या झन् भयानक हुने उनले बताइन् । जिल्ला एड्स समन्वय समितिका पूर्वसंयोजक एवम् जिविस चितवनका कार्यक्रम अधिकृत रामहरि न्यौपानेले संक्रमितहरुलाई सामाजिकीकरण प्रक्रियामा घुलमिल गराउन ध्यान दिनुपर्ने बताए । भरतपुर अस्पतालमा वितरण हुने एआरटी औषधि वितरणमा समेत संक्रमितको गुनासो बढेको भन्दै उनले यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।
संक्रमितको उपचारका लागि गत वर्ष जिल्ला जनस्वास्थ्यमा साढे तीन लाख बजेट फ्रिज भएको भन्दै न्यौपानेले एआरटी सेन्टरलाई जिम्मेवार भएर काम गर्न आग्रहसमेत गरेका छन् । एचआईभीको क्षेत्रमा आएको बजेटबारे सार्वजनिक बहस हुनु आवश्यक भएको भन्दै संक्रमितको अवस्थाबारे निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए ।
यस्तै, संक्रमितको क्षेत्रमा काम गर्नेहरुले नेतृत्व हस्तान्तरणमा ध्यान दिनुपर्ने भन्दै व्यक्तिको विकास गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने सहभागीले रगत र औषधि समयमा पाउन नसक्दा समस्या बढेको बताएका थिए । एआरटी सेन्टरमा भए पनि पारदर्शी नहुँदा आफूहरु पीडित बनेको उनीहरुले बताए ।
सहभागीको गुनासोलाई जवाफ दिँदै एआटी सेन्टर भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बजेटको अभावमा १ लाख रुपैयाँ रक्त सञ्चारलाई  तिर्न नसक्दा रगतको अभाव भएको बताए । खुलेर आउनुमात्र ठूलो कुरा नभएको भन्दै उनले संक्रमितले पनि यस्ता कुरा बुझ्नुपर्ने बताए । संक्रमितहरु खुले पनि एआरटी औषधि प्रयोग गर्न नमान्नेहरु धेरै भएको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त चापागाईले एचआईभीको लागि जनस्वास्थ्यमा सीमित बजेट आउने भए पनि आफूहरुले बिषयगत रुपमा आएको बजेट जनचेतनामूलक कार्यक्रम र संक्रमितको उपचारमा खर्च गरेको बताए । जिल्ला एड्स समन्वय समितिका संयोजक डिल्लीराम आचार्यले अबका दिनमा सबैसँग समन्वय गरेर काम गर्न तयार रहेको उनले बताए । चितवनमा एचआईभीको क्षेत्रमा काम गर्ने संस्था दसभन्दा बढी छन् । –विष्णुदेवी देवकोटा (प्रशिक्षार्थी)

Related Posts

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

आजदेखि खोप प्रदेशमा पठाइँदै

आजदेखि खोप प्रदेशमा पठाइँदै

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In