भरतपुर । नेपाली कांग्रेस चितवनले बिहीबार एक विज्ञप्ति जारी गरी बाढी र पहिरोबाट मृत्यु भएकाहरुप्रति समवेदना प्रकट गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता र आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग माग गरेको छ ।
सचिव जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पहिरोले पुरिएर मृत्यु भएकी शक्तिखोर–२ राजवनकी २२ वर्षीया रेनुका चेपाङ्, खोलाले बगाएर मृत्यु भएका शक्तिखोर–८ का ३५ वर्षीय कृष्णलाल चेपाङ र खोलाले नै बगाएर मृत्यु भएका दारेचोक–३ का ४१ वर्षीय चुडामणि सापकोटाप्रति गहिरो समवेदना प्रकट गर्दै सरकारलाई तत्काल राहत दिन माग गरिएको छ ।
विज्ञप्तिमा जिल्लाको रत्ननगर, मंगलपुर, मेघौली, माडीलगायतका क्षेत्रमा बाढीबाट प्रभावितहरुलाई राहत र सहयोगका लागि सरकार, निजी क्षेत्र र संघसंस्थासँग अपिल पनि गरिएको छ । पार्टी, भातृसंगठन र शुभेच्छुकसँग संगठनलाई सम्भावित घटनाप्रति सचेत रही पीडितलाई आवश्यक सहयोग गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
Discussion about this post