ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लगातारको वर्षाले जनजीवन प्रभावित

by चितवन पोष्ट
२०७१ श्रावण ३०, शुक्रबार ०१:३५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

 पहिरोले पुरिएर गर्भवतीको मृत्यु    नारायणी र राप्ती खतरातर्फ   रत्ननगरका २२ घर डुबानमा –

किशोर÷होमनाथ

भरतपुर । बुधबार रातिबाट परेको लगातारकोे वर्षात्ले जनजीवन प्रभावित पारेको छ । चितवनको राप्ती र नारायणी नदीले खतराको संकेत देखाएको छ । यो समाचार तयार पार्दा (राति १० बजे) सम्म नारायणी र राप्ती नदीको बहाव क्रमशः बढ्दै गएको छ । दुवै नदीको सतह चेतावनीनजिक पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सतह बढ्दै गएकाले नदी आसपासका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरको छ । बिहीबार दिउँसैदेखि समितिले हरेक सूचनाबारे जानकारी लिन र सजगता अपनाउन सबैलाई सचेत पारेको छ ।
जिल्ला विकास समितिका विपद् व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइँटेलले नारायणी नदीको बाढीको सतह ६ दशमलव ७० मिटर नाघेको बताए । नारायणी नदीको सतह ६ दशमलव ८० मिटर नाघेमा चेतावनी तह मानेर सबैमा सूचना प्रवाह गरिन्छ भने आठ मिटर नाघेपछि खतराको सङ्केत मानिन्छ ।
यस्तै चितवनको राप्ती नदीमा अहिले बाढीको सतह बढेको छ । यो समाचार तयार पार्दासम्म बाढीको सतह २ दशमलव १० मिटर काटेको जल तथा वर्षा मापन केन्द्रले जनाएको छ । जल तथा वर्षा मापन केन्द्र राप्तीका अनुसार बाढीको सतह क्रमशः बढ्दै गएको छ । यो नदीमा २ दशमलव ७ मिटर बाढीको सतह पुगेपछि चेतावनीको सङ्केत दिइन्छ भने ३ दशमलव ६९ मिटर बाढीको सतह पुगेपछि खतराको सङ्केतमा आपत्कालीन कार्यक्रम सुरू गरिन्छ ।
दुवै नदीका छेउछाउका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । कति बासिन्दाहरु सुरक्षित गन्तव्यतिर लागेका छन् । बिहीबार रातभर पानी पर्ने सङ्केत देखिएपछि नदी छेउछाउका बासिन्दा सुरक्षिततर्फ लागेका हुन् ।   ।
अहिले पनि बाढीको सतह बढ्ने क्रममै रहेको वर्षा मापन केन्द्र देवघाटले जनाएको छ । यो खबर बनाउँदासम्म चितवनमा वर्षा जारी नै थियो । शनिबारसम्म पानी पर्ने अनुमान गरिएको छ । बुधबार रातिदेखि परेको पानी तत्काल रोकिने सङ्केत देखिएको छैन ।
जिल्ला विपद् व्यवस्थापन समितिले सबैतिर विपद् व्यवस्थापन– सम्बन्धी विभिन्न उपसमितिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ । २०४६ सालमा र २०५९ सालमा चितवनमा भीषण बाढी आएको थियो । गत असार अन्तिम साता माडीमा बाढी आएको थियो । सो बाढीले एक जनाको ज्यान गएको थियो । माडीमा ६५० घर बढी डुबानमा परेको थियो ।
यस्तै शक्तिखोर २ राजवनमा पहिरोले पुरिएर गर्भवती रेनुका चेपाङको मृत्यु भएको छ । बुधबार साँझ  ६ बजे शक्तिखोर–८ कयरखोलाले बगाएर एक जना बेपत्ता भएका छन् । खोला तर्ने क्रममा बढेको बाढीले स्थानीय मुर्चुङ्गा प्रजा बेपत्ता भएको प्रहरीको भनाइ छ ।
त्यस्तै रत्ननगर–५ मा रहेको सुकुमबासी बस्तीका २२ वटा घर डुबानमा परेका छन् । स्थानीय खगरी र बूढीराप्ती खोलामा आएको बाढी पसेर रमाइलोटोलका २२ घर डुबानमा परेका हुन् । खगरी र बूढीराप्ती खोलाको चेपुवामा रहेको सो बस्तीमा पानी पसेपछि त्यहाँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरी, स्थानीय युवा र रेडक्रसकर्मीहरुको सहयोगमा बस्तीका सामानहरु सुरक्षित स्थानमा सार्ने काम बेलुका अबेरसम्म गरिएको थियो । बस्तीमा दिउँसो २ बजेबाट पानी पसेको हो । बुधबार सबैलाई आफन्तकहाँ बास बस्न अनुरोध गर्ने र आज शुक्रबार सुरक्षित ठाउँको व्यवस्था मिलाउने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले बताए ।
बस्तीको निगरानी र भइपरी आउने कामलाई मध्यनजर गरी २० जना युवाहरुको रेस्क्यु टोली बनाएर परिचालन गरिएको छ । बालबालिका, वृद्ध र गर्भवती महिलाहरुको सुरक्षाको लागि छुट्टै टिम बनाएर व्यवस्थापनको काम गरिएको निमित्त कार्यकारी अधिकृत पोखरेलले बताए ।
बस्तीमा बाढी पसेपछि इलाका प्रहरी कार्यालयबाट डिएसपी टीकाबहादुर कार्कीसहितको टोलीले उद्धार र व्यवस्थापनको काम गरिरहेको छ । खोलानजिक रहेका अन्य बस्तीहरुमा समेत पानी पस्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको डिएसपी कार्कीले जानकारी दिए ।
त्यस्तै राप्ती खोलामा आएको बाढी पसेर सौराहाका एक दर्जन रेष्टुरेण्टमा पानी छिरेको छ । खोला किनारमा रहेका ती रेष्टुरेण्टमा पानी पसेपछि व्यवसायीहरुले सुरक्षित ठाउँमा सारेका छन् । रेष्टुरेण्टहरुमा पानी पस्न थालेपछि व्यवसायीहरुले सामान सुरक्षित ठाउँमा सारेको स्थानीय व्यवसायी होमनाथ लामिछानेले बताए ।
स्थानीय थानखोला र कयर खोलाबाट आएको कुलोको पानी े खोलेसिमल बजारमा पनि पसेको  स्थानीय दिवस मगरले जानकारी दिए । लगातार वर्षात् भएपछि खोलेसिमल क्षेत्रका निजी विद्यालयहरु समेत बन्द भएका छन् । नारायणी नदीमा आएको बाढीले नदीनजिकका दिव्यनगर र मेघौली गाविसका बस्तीमा जोखिम बढी हुन्छ । त्यहाँका केही बासिन्दाहरु बुधबार राति अबेर सुरक्षित स्थानतर्फ लागेका थिए । बाढी घट्नु भन्दा झन् बढेपछि त्रास बढी फैलिएको छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In