भरतपुर । चितवनमा मुख्य कार्यालय रहेको त्रिवेणी विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत स्वरुप २ लाख ६२ हजार ५२ रुपैया“ प्रदान गरेको छ ।
११ औं वर्षमा प्रवेश गरेको बैंकले बिहीबार भरतपुरमा विशेष कार्यक्रम गरी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत सो सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष लंकबहादुर केसीले सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले कर्मचारीहरु मार्फत १ लाख ११ हजार ११ रुपैया“ र संस्थाको तर्फबाट १ लाख ५१ हजार ५१ रुपैया“ हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष केसीले विपत्तिमा परेकाहरुलाई सानो सहयोग स्वरुप सो रकम प्रदान गरेको बताउनुभयो ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा नै बैंकले आफ्ना शाखा रहेका प्रत्येक जिल्लाका एक सरकारी विद्यालयका छात्र÷छात्रामध्ये एक जनालाई कक्षा ९ देखि १२ सम्मको अध्ययनको लागि वार्षिक ५ हजार रुपैया“को छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष केसीले घोषणा गर्नुभयो ।
बैंकले वार्षिकोत्वसको अवसरमा आयोजना गरेको जीवन र प्रवृत्ति विषयक चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा जनप्रिय पब्लिक स्कूलकी शान्ति थापा पहिलो, अर्किड स्कुलका सतिष न्यौपाने दोस्रो र सनराइज इङ्लिश बोर्डिङ स्कुलकी विपना गुरुङ तेस्रो भइन् । प्रतियोगितामा नै सान्त्वना भएका चितवन उच्च माविका अध्ययनरत ‘हाम्रो घर’ आश्रित सचिन तामाङ ‘किरण’ र स्मलहेभन मोडेल स्कुलका उदित रानामगरलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्वसकै अवसरमा बैंकले शैक्षिक कर्जा, घर कर्जा र प्रोफेशनल कर्जाको सुरुवात गरेको जनाएको छ ।
राहत हस्तान्तरण गरिने
यसैबीच चितवन ख्रिष्टीय समाजले सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितहरुका लागि सहयोग स्वरुप राहत संकलन गरेको छ । समाजमा आबद्ध भएका विभिन्न चर्चहरुबाट पीडित सहयोगार्थ ७२ हजार नौ सय ४० रूपैया राहत संकलन गरिएको चितवन ख्रिष्टीय समाजका जिल्ला अध्यक्ष तीर्थराज गुरौले जानकारी दिनुभयो ।
उक्त रकम सरकारी राहत कोषमार्फत सम्बन्धित क्षेत्रमा पु¥याउन जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिने अध्यक्ष गुरौले जानकारी दिनुभयो ।
Discussion about this post