ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

युवा सूचना केन्द्र उत्कृष्ट

by चितवन पोष्ट
२०७१ श्रावण ३०, शुक्रबार ०१:३१ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । चितवनको माडीमा रहेको युवा सूचना केन्द्र उत्कृष्ट बनेको छ । संरक्षण, प्रजनन तथा यौन शिक्षामा अब्बल भएपछि केन्द्र नमुना बन्दै गएको हो । सोही केन्द्रमा रहेर यौन तथा प्रजनन शिक्षामा लामो समयदेखि क्रियाशील तीनजना युवा ‘उत्कृष्ट युवा अवार्ड’बाट सम्मानितसमेत भएका छन् ।
नेपाल परिवार नियोजन सङ्घ भरतपुरले बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर स्वास्थ्य र संरक्षणको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै तीनजना युवालाई उत्कृष्ट युवा अवार्ड प्रदान गरेको जनाएको छ । युवा सूचना केन्द्र माडीका अध्यक्ष रेनुका भुसाल, सचिव बबिता पौडेल र सदस्य विष्णुबहादुर क्षेत्रीलाई युथ अवार्ड २०१४ प्रदान गरिएको हो  ।
विगत तीनवर्षदेखि यहाँका युवा मिलेर यौन तथा प्रजनन स्वास्थ्य एवम् वन र वातावरण संरक्षणमा जनचेतना जगाउँदै आएको थियो । गाउँमा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई गाउँमा प्रजनन शिक्षाका बारेमा जानकारी दिइएको सूचना केन्द्रकी अध्यक्ष रेनुका भुसालले बताए ।
बघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतोले उनीहरूले गाउँमा स्वास्थ्य चेतनाका लागि मह¤वपूर्ण योगदान गरेको उल्लेख गरे । युवा सूचना केन्द्र माडीका अध्यक्ष रेनुका भुसालले यस्तो सम्मानबाट युवा, स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा काम गर्न प्रेरणा मिल्ने बताए ।
नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक रोशन घिमिरेले विगतका वर्षमा पनि यौन तथा प्रजननको विषयमा युवा तथा किशोर–किशोरीलाई ज्ञान दिइएकाले यसप्रति सबै सचेत भएको जानकारी गराए । उक्त सूचना केन्द्रले स्कुलमै पुगेर किशोर–किशोरीलाई यौन तथा प्रजनन शिक्षाका बारेमा जनचेतना दिँदै आएको छ ।
महिनावारी हुँदाका समस्या, सरसफाइ, प्याड निर्माण, चाँडो विवाह गर्दा हुने खतरा तथा गर्भपतनका बारेमा चेतना दिन उनीहरू माडीका गाउँमा क्रियाशील छन् । यो अभियानमा ५० भन्दा बढी सहभागी भएका छन् । अभियानबाट गाउँमा सकारात्मक परिवर्तनसमेत भएको छ ।
पहिलेपहिले जानकारी दिन खोज्दा लजाउने युवा अहिले आफैँ प्रजननका बारेमा खुलेर बोल्न थालेको र अन्यलाई चेतना दिनसमेत थालेको भुसालले बताए । रासस

Related Posts

दुर्घटनामा तीन जनाको मृत्यु

एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

Chitwan Post

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

अवैध चिरान काठ नियन्त्रणमा

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

Discussion about this post

अन‌ि यो पनि

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै
अर्थ

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि...

Read more
कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त

राजनीतिक भागबण्डाले कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त

दुर्घटनामा तीन जनाको मृत्यु

एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

Chitwan Post

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

अवैध चिरान काठ नियन्त्रणमा

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In