बछौली । पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको तीन दिने अर्गानिक तरकारी खेतीसम्बन्धी तालिम बिहीबार सकिएको छ ।
रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा सौराहा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले आयोजना गरेको सो तालिममा ४० जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा प्रांगारिक कृषि उत्पादन केन्द्र फूलबारीका चन्द्रप्रसाद अधिकारीले अर्गानिक तरकारीखेती गर्ने तरिका, यसको मह¤व र जिल्लामा अर्गानिक खेतीको अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो ।
बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहनुभएको समापन कार्यक्रम पुस्तकालयकी कार्यक्रम संयोजक बबिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post