ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘कोहिनुर’ हेर्दै श्रीकृष्णप्रति श्रद्धाञ्जली

by चितवन पोष्ट
२०७१ श्रावण २९, बिहीबार ०९:३९ गते
in कला
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

k 1 k 2–गोविन्द अर्याल
नारायणगढ । लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि उनको लगानीमा बनेको चलचित्र ‘कोहिनुर’ हेर्ने दर्शकको भीड नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरले थाम्न सकेको छैन । आइतबार नयाँदिल्लीमा उपचारको क्रममा नायक श्रेष्ठको निधन भएपछि सहानुभूतिको लागि दर्शक हलसम्म ओइरिएका छन् ।
धेरै दर्शक टिकट नपाएर पोष्टरमा मात्र भएपनि श्रीकृष्णलाई हेरेर श्रद्धाञ्जली दिँदै निराश मुद्रामा समेत फर्केका छन् । श्रीकृष्ण र स्वेता खड्काको बेजोड अभिनयले भरिएको ‘कोहिनुर’ हेरेरै भए पनि श्रीकृष्णलाई दर्शकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘जस्तो परे पनि सहनै पर्ने रहेछ । उनको अन्तिम चलचित्र हेरेर भए पनि पशुपतिनाथसँग आत्माको चिरशान्तिको कामना गरेको छु’ भेडाबारीबाट चलचित्र ‘कोहिनुर’ हेर्न आएकी धनमाया थापाले भनिन् । ‘पर्दामा हेर्दा श्रीकृष्ण अझै छन्जस्तो लागेको छ, पर्दामा उनको जोडी देख्दा त्यो जोडी यो धर्तीमा फेरि आइदिएजस्तो लागेको छ, तर के गर्नु भनेर नहुने’ धनमायाले थपिन् ।  फूलबारीका जीवन पन्तले पनि ‘कोहिनुर’ हेरिदिएर श्रीकृष्णको आत्माले शान्ति पाउ“छ भन्ने लागेर नै उनी हलसम्म आएको बताए । पन्तले भने, ‘उनको नयाँ चलचित्र अब आउँदैन, त्यसैले पनि हेर्न आएको हुँ ।’
त्यस्तै हलमा भेटिएका अर्का दर्शक नीति राई यस चलचित्र हेरेर नै हामीले देशको सार्वधिक लोकप्रिय र सफल नायकलाई अन्तिम श्रद्धाञ्जली दिनुपर्ने बताउँछन् । ‘श्रीकृष्ण श्रेष्ठको हरेक चलचित्र हेर्दै आएको छु, म उनको फ्यान हुँ । उनको यस चलचित्र पनि अन्तिम उपहार सम्झेर हेर्न आएका हुँ’ राईले भने ।
यस चलचित्रले श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको प्रथम चलचित्र ‘कहाँ भेटिएला’ कै हाराहारीमा दर्शकको संख्या रहेको हल सञ्चालक मुक्ति पियाले बताए । उनका अनुसार मंगलबारसम्म इन्द्रदेव चलचित्र मन्दिरमा मात्रै लगभग ६ लाख बराबरको व्यापार गरेको छ । उनले भने, ‘दिनहुँ दर्शकको संख्या बढेको छ । अहिले दुई सो नै हाउसफुल छ ।’ ‘धेरैपछि नेपाली चलचित्र लामो समयसम्म हाउसफुल रहेको संभवत यो नै हुनुपर्छ, पियाले बताए ।’
अझै पहिलो सोमा त कति दर्शक टिकट नपाएर रिसाएर गएका थिए । अहिले दर्शक बढ्नुमा श्रीकृष्ण श्रेष्ठप्रति माया र उनको अन्तिम चलचित्र भएर नै दर्शकको संख्या बढेको हलका म्यानेजर बामदेव अधिकारी बताउँछन् । फोनबाट नै ५० प्रतिशत टिकट हरेक दिन बुकिङ हुने गरेको उनले बताए ।
पर्दामा नायक श्रीकृष्ण श्रेष्ठलाई देख्नसाथ दर्शकहरु भावुक भएका थिए । नारीवादी चलचित्र ‘कोहिनुर’ हेर्दा श्रीकृष्णको जोडीलाई सम्झँदै धेरै दर्शकले आँखाका डिल भिजाएका थिए । हलबाट बाहिर निस्कँदा धेरै महिलाहरु रुँदै निस्केका थिए ।
चेलिबेटी बेचबिखनमा आधारित यस चलचित्रले देशभर ५ दिनमा डेढ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

Related Posts

चितवनका गायक अनिलले ल्याए ‘आद आउँछ है..’ (म्युजिक भिडियो)

चितवनका गायक अनिलले ल्याए ‘याद आउँछ है…’ (म्युजिक भिडियो)

मिनप्रकाश ओलीको ‘सुन्तलाको दाना’ बजारमा

मिनप्रकाश ओलीको ‘सुन्तलाको दाना’ बजारमा

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In