ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जिल्लाका दलको प्रतिनिधि मण्डल काठमाडांैमा

by चितवन पोष्ट
२०७१ श्रावण २९, बिहीबार ०२:२७ गते
in राजनीति, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने पर्यटकबाट उठ्ने रकम स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत जिल्ला विकास समितिलाई दिनुपर्ने भन्दै चितवनका राजनैतिक दलको प्रतिनिधि मण्डल काठमाडांै पुगेको छ ।
प्रतिनिधि मण्डलले स्थानीय विकास मन्त्रालय, वन मन्त्रालय र अर्थ मन्त्रालय पुगी ऐनमा उल्लेख भएअनुसार उठेको राजस्वको ३० प्रतिशत रकम जिल्ला विकास समितिलाई दिनुपर्ने माग गरेको छ । जिल्लाका एमालेलगायत विभिन्न राजनीतिक दलसहितको प्रतिनिधि मण्डलको नेतृत्व नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले गरेका छन् ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २२० को उपदफा ‘ग’ ले पर्यटकीय क्षेत्रबाट प्रवेश गरेवापतको संकलित दस्तुर बाँडफाँड गर्नुपर्ने उल्लेख छ । स्वायत्त शासन नियमावलीअनुसार पर्यटकबाट प्राप्त शुल्क र रोयल्टीको ३० प्रतिशत स्थानीयले पाउनुपर्ने उल्लेख छ ।
चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष एक लाख ६३ हजार पर्यटक भित्रिएका थिए । जसवापत २४ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । ऐनअनुसार जिविसले रकम पाएमा रु. आठ करोड रुपैयाँभन्दा बढी पाउनुपर्ने हुन्छ । सोही रकम पाउनुपर्ने भन्दै दलहरु मन्त्रालय पुगेका हुन् ।
सो क्रममा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुले सकारात्मक जवाफ दिएकोे चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए ।
टोलीले भरतपुर विमानस्थल छेउमा घर टहरा बनेपछि असर परेको विमानस्थलले भन्दै घरनिर्माणमा रोक लगाएपछि सो विषयमा नागरिक उड्ययन मन्त्रालयमा छलफल गरेको छ । छलफलका क्रममा मापदण्डविपरीत बनाएका भौतिक संरचनाहरुको अध्ययनका लागि सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने मन्त्रालयलाई उद्र्धृत गर्दै टोलीका संयोजक गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै चुरे क्षेत्रबाट गिटी बालुवा निकासीमा सरकारले रोक लगाएको विषयमा समेत चितवनको टोलीले कुरा उठाएको छ । सरकारले रोक लगाएपछि गिटी बालुवा व्यवसायीले आन्दोलन गरेका थिए । दलहरुले गिटी बालुवा निकासीका लागि चुरे संरक्षणसँग सहमति लिएर तत्काल पहल गरिने बताइएको छ ।

Related Posts

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In