ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतबाट हात्ती ल्याउनेलाई कारबाही ः निकुञ्ज

by चितवन पोष्ट
२०७१ श्रावण २८, बुधबार ०२:२३ गते
in समाचार, समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

–होमनाथ सापकोटा  
सौराहा । चितवन राष्ट्रिय निकुञ्जले सौराहाका व्यवसायीहरुलाई भारतबाट हात्ती ल्याए कारबाही गर्ने चेतावनी दिएको छ । अन्य मुलुकबाट हात्ती ल्याउने काम गैरकानुनी भन्दै निकुञ्जले व्यवसायीहरुले हात्ती ल्याएको जानकारी पाए निकुञ्ज ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
तेस्रो विश्व हात्ती दिवसको अवसरमा मंगलबार सौराहामा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले भारतबाट हात्ती ल्याएको थाहा पाए हात्ती व्यवसायीहरुलाई कारबाही गरिने बताए । सौराहामा निजी स्तरबाट सञ्चालित ६० वटा हात्ती छन् । त्यसको केही प्रतिशत हात्तीहरु भारतबाट ल्याइएका हुन् । व्यवसायीहरुलाई हात्तीको खरिद बिक्री नगर्न निकुञ्जले निर्देशनसमेत दिएको छ । भारतबाट हात्ती ल्याउनु गैरकानुनी काम हो सौराहाका हात्ती व्यवसायीहरुलाई इंकित गर्दै प्रमुख संरक्षण अधिकृत कुँवरले भने, ‘पहिला जति ल्याउनुभयो त्यसको कुरा नगरौ,ँ अब त्यस्तो काम नगर्नुहोस् ।’ निकुञ्जले पटक–पटक भारतबाट हात्ती नल्याउन व्यवसायीलाई आग्रह गरेको भन्दै उनले अब ल्याएको जानकारी पाए कानुनबमोजिम कारवाही गरिने बताए ।
उनले अब बन्ने हात्ती व्यवस्थापन नियमावलिमा हात्तीको गैरकानुनी ओसारप्रसार गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था गरिने प्रमुख संरक्षण अधिकृत कँवरको भनाइ थियो । सौराहाका हात्ती व्यवसायीहरुले हात्तीको गैरकानुनी ओसारप्रसार नरोके निकुञ्ज चुप लागेर नबस्ने उनको भनाइ छ । वन्यजन्तु संरक्षण ऐन २०२९ ले बाहिरी देशबाट हात्ती ल्याउन नपाउने व्यवस्था गरेको छ । तर सौराहाका पर्यटन व्यवसायीहरुले पर्यटक घुमाउनका लागि विगतमा भारतबाट हात्ती ल्याएका थिए । सौराहामा झण्डै दुई दशक अघिदेखि निजी स्तरमा हात्ती सञ्चालन हुन थालेका हुन ।
उनले निकुञ्जका दुर्लभ एकसिंगे गैंडा र पाटे बाघ जोगाउन हात्तीको संरक्षण गर्नुपर्नेमा जोड दिए । चोरी शिकारी र वासस्थानको खण्डीकरणका कारण हात्तीको विनास हँुदै गएको भन्दै उनले निकुञ्जको संरक्षणको लागि पनि हात्ती जोगाउन आवश्यक रहेको बताए ।
नेपालमा अहिले १४५ वटा जंगली हात्ती रहेका छन् । त्यसको दोब्वर संख्याका घरपालुवा हात्तीहरु रहेको अनुमान निकुञ्जले गरेको छ । पाँच वर्ष यता २६ वटा हात्तीहरु विभिन्न कारणले मरेको निकु्ञ्जका रेञ्जर वीरेन्द्र रोकाले जानकारी दिए । सो कार्यक्रममा निकुञ्जका रेञ्जर रोकाले नेपालमा हात्तीको अवस्था र संरक्षणको लागि गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए । चितवनमा घरपालुवा तथा सरकारी गरी ५७ र जंगली १० गरी ६७ वटा हात्तीहरु रहेका छन् ।
सरकारी हात्तीको पूजा गरियो
सौराहा । तेस्रो विश्व हात्ती दिवसको अवसरमा मंगलबार सौराहाका सरकारी हात्तीहरुको पूजा गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सौराहा हात्तीसारमा रहेका हात्तीको पूजा गरी फलफूलसमेत खुवाएको थियो । देवताको अवतारको रुपमा मानिने हात्तीलाई पूजा गरी मानिसलाई आक्रमण नगर्न आग्रह गरिएको छ । पछिल्लो समय माडी र सौराहालगायत क्षेत्रमा जंगली हात्ती आंतक मच्चाएपछि हात्ती दिवसको अवसरमा निकुञ्जले हात्तीको पूजा गरेको हो ।
त्यसैगरी हात्ती दिवसको अवसरमा मंगलबारै चितवन राष्ट्रिय निकुञ्जले सौराहामा प्रभातफेरि निकालेको छ । हात्ती संरक्षणमा सहभागिताको आह्वान् गर्दैै निकालिएको चेतनामूलक प्रभातफेरिमा निकुञ्जका कर्मचारी, नेपाली सेना, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।
हात्तीचोकबाट निकालिएको प्रभातफेरिले सौराहा बजार परिक्रमा गरेको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले हात्तीकै कारणले पर्यटन व्यवसायको विकास भएको भन्दै आम्दानीको केही हिस्सा संरक्षणमा खर्चिन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

Related Posts

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In