देवघाट । पौडी खेल्ने क्रममा नदीमा हराएका बालक अझै पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ । आइतबार साँझदेखि हराइरहेका १५ वर्षका निश्चल शर्मा सोमबार अबेरसम्म पनि खोजतलास गर्दा कहिँकतै नभेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी शान्तिराज कोइरालाले बताए ।
उनीसँगै नदीमा पौडी खेलेका २ जनाको तत्कालै उद्धार गरिएको थियो । बेपत्ता बालक प्रधानन्यायाधीश दामोदर शर्माका नाती हुन् । शर्माका अंगरक्षक लोकेन्द्र भुल र डेनमार्कका सैनिक बालकको उद्धारको लागि नदीमा हामफालेका थिए । उनीहरुलाई समेत नदीले बगाएको थियो । स्थानीय बोटेहरुले उनीहरुलाई उद्धार गरे पनि बालकलाई बचाउन नसकिएको प्रहरी चौकी देवघाटका प्रमुख सुरेस जिसीले जानकारी दिए ।
Discussion about this post