मनसुनी वायुको प्रभावले देशभर वर्षा

अन‌ि यो पनि

काठमाडौँ  ११ असार । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।  हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकोले देशका अधिकांश भू-भागमा सामान्य बदली रही वर्षा भइरहेको विभागले जनाएको छ। विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। बागमती प्रदेशको चितवनमा पनि आज बिहानैदेखि मेघ गर्जनसहितको वर्षा भइरहेको छ।

प्रदेश नं १ र बागमतीका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको सोही प्रदेशका पहाडी भू-भागमा गेग्रानसहितको पहिरोको जोखिम रहेकोले आसपासका बस्तीमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भोलि (शनिबार) भने देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। आइतबार पनि बदली रहने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया