नवलपुरमा असार १८ गतेसम्म थप निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो

अन‌ि यो पनि

नवलपुर ११ असार । पूर्वी नवलपरासीमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो गरिएको छ। गएराति १२ बजेबाट सकिने निषेधाज्ञा भने असार १८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गर्दै असार १८ गतेसम्मका लागि निषेधाज्ञा थप भएको जनाएको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या बिस्तारै कम हुँदै गएपछि आर्थिक गतिविधि हुने क्षेत्र खुल्ला गरिएको प्रशासनले जनाएको छ। त्यसको लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्नेछ। खोलिएका पसलहरु अत्यावश्यक सेवा बाहेकका अन्य पसलहरु साँझ ६ बजेपछि अनिवार्य बन्द गर्नु पर्ने उल्लेख गरिएको छ।

गर्न नपाइने कार्यहरुः

निषेधाज्ञा खुकुलो भए पनि भिडभाड हुने क्षेत्र जस्तैः भेला, जुलुस, सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधि, सभा, गोष्ठी, तालिम, सेमिनार गर्न, खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार तथा भिडभाड हुने कार्य गर्न गराउन, मन्दिर गुम्बा, चैत्य, विहार, चर्च (नित्य पूजा बाहेक) सामुहिक भेला हुने कार्य गर्न, शारिरीक सुगठन गर्ने स्थान, स्वीमिङ पुल, जिमखाना, सामूहिक खेलकुद, होटेल, रेष्टुरेन्ट, गेष्ट हाउस, पार्टी प्यालेस, सैलुन, व्युटिपार्लर सञ्चालन गर्न नपाइने जनाइएको छ।

त्यस्तै शैक्षिक क्षेत्रमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायत सञ्चालन गर्न नपाइने  र सवारीसाधनतर्फ यात्रुवहाक सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

गर्न पाइने कार्यहरु

विवाह तथा ब्रतबन्धनको हकमा १० जनाभन्दा कम जम्मा भएर गर्न पाइने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आफ्नै घरमा मात्रै विवाह गर्न, जिल्लाका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुबाट उपलब्ध हुने सेवालाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने व्यवस्था मिलाइएको छ। प्रशासनले माथि उल्लेखित बाहेक सबै आर्थिक गतिविधि तथा व्यवसाय दैनिक रुपमा सञ्चालन गर्न पाइने तर अत्यावश्यक बाहेकका सेवा साँझ ६ बजेपछि अनिवार्य बन्द गर्नु पर्ने उल्लेख गरेको छ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया