स्वास्थ्य सेवा विभागले दियो ६ थान भेन्टिलेटर र ११ थान अक्सिजन कन्सन्ट्रेटर

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा हाल १० वटा भेन्टिलेटर सञ्चालित छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमसँगै नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट ६ वटा भेन्टिलेटर थप भएपछि हाल कोरोना सङ्क्रमितका लागि सातवटा र अन्य बिरामीका लागि तीनवटा भेन्टिलेटर प्रयोगमा छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन न्यौपानेका अनुसार स्वास्थ्य सेवा विभागले भरतपुर अस्पताललाई तीनपटकमा ६ थान भेन्टिलेटर उपलब्ध गराएको हो । २०७७ सालको भदौ ५ गते तीन थान, सोही वर्षको फागुन १८ गते एक थान र २०७८ को जेठ ११ गते दुई थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको डा. न्यौपानेले बताए ।

त्यस्तै, विभागले अस्पतालका लागि ११ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । २०७७ मंसिर १० गते दुई थान, २०७८ जेठ २ गते पाँच थान र सोही महिना २५ गते थप चारवटा कन्सन्ट्रेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ । यी सामग्रीबाहेक अक्सिजन सिलिन्डर पनि ६० थान उपलब्ध गराएको छ । २०७८ जेठ १३ गते १० थान र जेठ २० गते ५० थान गरी ६० थान ठूलो सिलिन्डर प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. न्यौपानेले जानकारी दिए ।

भेन्टिलेटरबाहेकका स्वास्थ्य सामग्री सरकारी क्षेत्रसँगै स्थानीयस्तरमा विभिन्न दाताहरुबाट पनि सहयोग प्राप्त भएको उनले बताए । अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार स्थानीयस्तरबाट चितवन उद्योग संघबाट १० थान, क्लिनिक नेपालबाट एक थान, बोधिस¤व विहार बूढानीलकण्ठ, काठमाडौँबाट चार थान र गोरखा वेलफेयर ट्रष्टबाट तीन थान गरी १८ थान उपलब्ध भएको देखिन्छ । सरकारी तथा गैरसरकारी संघसंस्थाबाट प्राप्त २९ थान अक्सिजन कन्सन्ट्रेटर हाल अस्पतालमा सञ्चालित रहेका डा. न्यौपानेले जानकारी दिए ।

यस्तै, अक्सिजन सिलिन्डर पनि सरकारी क्षेत्रबाट प्राप्त ६० थानमाथि गैरसरकारी तथा निजी क्षेत्रबाट प्राप्त गरेको ९० गरी १५१ थान प्रयोगमा रहेको अस्पतालले जनाएको छ । त्यसमा निजी क्षेत्रको तर्फबाट एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिसबाट २० थान, चितवन समाज अस्ट्रेलियाबाट दुईपटक गरी ५० थान, साइराम डेन्टल केयर प्रालिबाट १० थान, सपना भिलेज सोसल इम्प्याक्टबाट १० थान प्राप्त भएको थियो ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट उत्पादन हुँदै आएको ७५ सिलिन्डरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सिलिन्डर उपलब्ध भएपछि कोरोना सङ्क्रमितको उपचारमा थप सहज भएको थियो । हाल सङ्क्रमितको संख्या बिस्तारै कम हुँदै गएकोले अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ ।

निजी तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलले पनि अन्य स्वास्थ्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएका छन् । विभिन्न खालका मास्क, फेससिल्ड, स्यानिटाइजर, पिपिई, ग्लोब्स, गाउन, क्याप, सु–कभर, डेथ बडी ब्यागलगायतका सामग्री उपलब्ध गराएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च बनेसँगै अस्पतालमा उपचार सेवामा समस्या हुने देखिएपछि विभिन्न संघसंस्था तथा व्यक्तिले हातेमालो गरेका थिए ।

चितवन सोसाइटी क्यानडा (समिरा कटन उद्योग बुटवल), वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वक्याम्पसप्रमुख एवं साहित्यकार एलबी क्षेत्री, गृहेन्द्र घिमिरे, धुर्मुस–सुन्तली फाउन्डेसन, रञ्जना लामिछाने, रोटरी क्लब नारायणगढ, एमआर ग्रुप नारायणगढ, कम्युनिटी हेल्प सेन्टर नेपाल चितवन, बिएसपी नेपाल काठमाडौँ, सहयोगी मन नेपाल, नेपाल मजदुर किसान पार्टीलगायतले पनि अस्पतालको उपचार सेवामा सहजता ल्याउन धेरथोर सहयोग गरेका छन् ।

अन्य समयमा पनि अस्पताललाई बेलाबेला सहयोग आइरहेको थियो । तर, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै सहयोगी हातहरु पनि बढ्दै गएको अस्पतालले जनाएको छ । यसरी सहयोग गर्नेमा सरकारी क्षेत्रभन्दा गैरसरकारी तथा निजी क्षेत्र नै अगाडि देखिएका छन् । संख्याको हिसाब गर्ने हो भने सबैभन्दा धेरै मास्क प्राप्त भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया