भरतपुर अस्पताललाई मेडिकल किट हस्तान्तरण

अन‌ि यो पनि

रत्ननगर । भरतपुर अस्पताललाई कोरोना संक्रमितको उपचारको लागि मेडिकल किट सहयोग गरिएको छ ।
सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले संक्रमितको उपचारको लागि आवश्यक पर्ने औषधिसहितको २० थान मेडिकल किट सहयोग गरिएको हो ।

मेडिकल किट प्याकमा एजेथ्रो माइथिन ५०५ थान, कोडोपार १० थान, फोटिफ्लेक्स २० थान, इन्जेक्सन बेक्सोना १० थान, इमेक्सोप्यारेन्ट ४० एमजी १० थान, सर्जिकल मास्क ५ थान, ग्लोब्स ४ थान, सेनिटाइजर १०० एमएल एक थान र पेन्टाप्राजल इन्जेक्सन १० थान हस्तान्तरण गरिएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका कोभिड संयोजक डा प्रमोद पौडेल, अस्पतालका मेसु डा. रोशन न्यौपाने, अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ तथा सपना भिलेजका बोर्ड अफ डाइरेक्टर डा. कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी सपना भिलेजले रत्ननगर-८ र बकुलहर-रत्ननगर अस्पताललाई १/१ थान अक्सिजन कन्सन्टे«टर हस्तान्तरणसमेत गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया