पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीय आक्रोशित

अन‌ि यो पनि

–रामशरण गैरे
शुक्रनगर । भरतपुर–२५ को अमृतचोक–ताराचोक सडकखण्डको शोशी वडा कार्यालय जाने भित्री बाटोमा बन्दै गरेको पुलमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

भरतपुर महानगरपालिकाले ३८ लाखको लागतमा उपभोक्ता समितिमार्फत बनाउँदै गरेको पुल निर्माणको क्रममा स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

एकातिर सुस्त गतिमा निर्माण कार्य चलिरहेको छ भने अर्कोतिर गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भइरहँदासमेत जिम्मेवार सरोकारवाला निकायहरु मौन बसेको स्थानीयहरुको आरोप छ ।

सो पुलको निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग गरेको पाइएको बताउँदैै भरतपुर–२५ का चिन्तामणि रेग्मीले निर्माण सामग्री गिट्टी, बालुवामा माटो मिसाइएको, गिट्टीको साइज निकै ठूलो र सानो देखिएको बताए । २५० बोरा सिमेन्ट चाहिनेमा १४० बोरामात्रै सिमेन्ट हालिएको पाइएको उनले बताए । यस्तो गुणस्तरहीन सामान प्रयोग गरेर बनेको पुल नटिक्ने देखेर नै स्थानीयहरु आक्रोशित बनेको उनले बताए ।

बालुवामा माटो र गिट्टीसमेत नपखाली घोलेर ढलानको काम भएको पाएको बताउँदै स्थानीय कृष्णहरि जमकट्टेलले निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा लापर्बाही गरेको बताए । सीधासादा महिलालाई अध्यक्ष बनाएर मिलेमतोमा गुणस्तरहीन काम गर्नेलाई कारबाही हुनुपर्ने उनले बताए ।

स्थानीयले पुल निर्माणमा प्रयोग भएको सामग्रीको जाँच हुनुपर्ने र उपभोक्ता समिति एवं प्राविधिकलाई छानबिनको दायरामा ल्याउनुपर्ने भरतपुर–२५ का श्याम कुँवरले महानगरसँग माग गरेका छन् । स्थानीयको विरोधलाई नजरअन्दाज नगरी छानबिन गर्न उनको आग्रह छ । छानबिन नगरी पास गरिए स्थानीय विरोधमा उत्रिने उनी बताउँछन् ।

उपभोक्ता समितिकी अध्यक्ष लक्ष्मी नगरकोटीले आफूलाई केही थाहा नभएको बताइन् । ‘काम गर्ने ठेक्का गौरव पौडेललाई दिइएको रहेछ । घरछेउमै छ रेखदेख हुन्छ, तपाईं अध्यक्ष बनिदिनुप¥यो भन्दै काम सबै ठेकदारले नै गर्छ भनिएपछि मैले हुन्छ भनेकी हुँ, अरु मलाई केही थाहा छैन’, अध्यक्ष नगरकोटीले भनिन् ।

भरतपुर–२५ वडा कार्यालयका प्राविधिक ई. हिमाल न्यौपानेले भने गुणस्तरहीन सामग्री प्रयोग नगरेको बताउँछन् । बनाउँदै
गरेको पुलमा पानीको मात्रा बढी भएर यस्तो देखिँदा स्थानीयलाई गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग भएको लागेको उनले बताए । पुलको मूल्याङ्कन बाँकी रहेको बताउँदै उनले काममा निरन्तर अनुगमन गरिएको दाबी गरे ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया