नारायणगढ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । गाईजात्राका अवसरमा विभिन्न हास्यव्यङ्ग्य तथा प्रहसनहरु पनि आयोजना गरिएको थियो ।
गाईजात्राका अवसरमा नेवार समुदायले मृत्यु भएका परिवारजनको सम्झनामा विशेष झाँकी प्रस्तुत गर्छन् । नारायणगढ, टाँडीलगायतका स्थानहरुमा नेवार समुदायले विभिन्न झाँकीसहित गाइजात्रा निकालेका छन् ।
आठ दिनसम्म मनाइने यस पर्वमा नेवार समुदायले वर्ष दिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा प्रतीकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिँगारेर नगर परिक्रमा गराएका थिए । गाई र जोगीको भेषमा सिँगारिने यस जात्रामा लाखेनाच पनि प्रदर्शन गरिन्छ । सोमवार दिनभरजसो नै जिल्लाका विभिन्न स्थानहरुमा जात्रा प्रस्तुत भएका देखिन्थे ।
Discussion about this post