चिसाप गीताश्री साहित्य पुरस्कार स्थापित

अन‌ि यो पनि

चितवन, १० असार (रासस) । चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्तअच्युत र उनकी श्रीमती गीता वाग्लेले ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ स्थापना गरेका छन् । उनीहरुले पुरस्कारका लागि पाँच लाख दुई हजार ४५ को चेक विसं २०४५ मा स्थापित परिषद्लाई हस्तान्तरण गरे ।

श्रीभक्तका अनुसार सो रकमले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिलाई रु ३५ हजार ४५ नगदसहित पुरस्कृत गरिने छ । श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ ।

वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले साहित्यकारलाई थप ऊर्जा प्रदान गर्न पुरस्कारको राशि हस्तान्तरण गरिएको बताए । परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिने जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नारायणीले जमिन बगर बनायो, विद्यालयको आम्दानीको स्रोत बन्द

–रामशरण गैरे दिव्यनगर । नारायणी नदीमा आएको बाढीले विद्यालयको जमिन पुरेर बगर बनाएपछि भरतपुर–२६ स्थित आधारभूत विद्यालय (१–८) कोइलाहाको आम्दानीको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया