‘सविताको न्याय’का लागि सडक संघर्ष जारी

अन‌ि यो पनि

शारदानगर । भरतपुर–१९, शारदानगरकी २८ वर्षीया सविता भण्डारीको आत्महत्याको घटना अस्वाभाविक भएको भन्दै ‘न्यायको निम्ति’ स्थानीयहरुको सडक संघर्ष जारी रहेको छ । कोरोनाको डरलाई बेवास्ता गरेर अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा सविताकै गृहनगर शारदानगरमा बुधबार पनि सयौँ व्यक्तिहरु सडकमा उत्रिएर नारा–जुलुस गरेका छन् ।

सविता भण्डारीमाथि भएको घटना आमनेपाली महिलामाथि भएको दमन, शोषण, हिंसा र चुनौतीको प्रतिनिधि घटना भएको भन्दै अधिकारकर्मी सुवेदीले यस्ता खाले घटनाहरु दोहोरिँदै जाने हो भने आपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई साङ्केतिकरुपमा थप ऊर्जा प्रदान गर्ने बताइन् । सविताको मृत्युको खास कारण महिनौँदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुव्र्यवहार भएको भन्दै उनले यस घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन् ।

गत वैशाख ४ गते सविता आफ्नै घरको कोठाभित्र झ्यालमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
माइती पक्षले लोग्नेले मादक पदार्थ खाएर मोटी भएकी, दाइजो नल्याएकी भनेर दुःख दिने गरेको, दुवईमा कमाएको पैसा अमाजूले नदिएको र ससुराले यौन हिंसासमेत गरेको विवरण खुलाई आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी दिएका आधारमा प्रहरीले सविताका श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र अमाजू भावना ढकालविरूद्ध चितवन जिल्ला अदालतमा ‘आत्महत्या दुरूत्साहन’ मुद्दा दायर भएपछि पक्राउ गरेको थियो ।

उनीहरु सबै धरौटीमा छुटेका छन् । धरौटीमा छुटेपछि महिला अधिकारकर्मी तथा स्थानीयहरु निरन्तर सडक संघर्षमा छन् ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया