विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

अन‌ि यो पनि

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुबानजस्ता मनसुनजन्य विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्रह गरे ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्धान कार्यालमया आयोजित समारोहमा निर्देशन दिँदै उनले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।

प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गरे ।

उनले हिंसात्मक गतिविधि, जघन्य, साइबर, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेका कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न पनि सुझाव दिए ।

घोषित निर्वाचनको पूर्वतयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले आर्थिक अनुशासनप्रति संवेदनशील हुनुपर्ने बताए ।

गृहमन्त्रालयले हालै १९ प्रहरी नायब महानिरीक्षक र १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जसअनुसार सातै प्रदेशका प्रहरी प्रमुखसमेत फेरिएका छन् । रासस

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया