न्युजिल्यान्डमा किशोर किशोरीलाई पनि खोप दिइने

अन‌ि यो पनि

न्युजिल्यान्ड । न्युजिल्यान्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । न्युजिल्यान्डको औषधि नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निष्कर्ष निकालेको हो ।

यस सम्बन्धमा औषधि नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यसवर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् । तर, पनि उनीहरुलाई खोप लगाउनुपर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ ।

पहिलो कारण उनीहरु आफैँलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने सम्भावना रहने भएकाले उनीहरुलाई खोप लगाउनुपर्ने सुझाव आएको छ । अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभए पनि त्यसले दीर्घकालीन असर भने पर्ने देखिएको छ ।

किशोरकिशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्युजिल्यान्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो । पिटिआई/रासस

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया