सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चिनियाँ आप्रवासीको माग

अन‌ि यो पनि

म्युनिख, जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।

कोरोना भाइरसको महामारीको खतरा अझै पनि पूर्णरुपमा अन्त्य भइनसकेकाले आगामी वर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाइ छ ।
बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियानस्वरुप चिनियाँहरुले बुधबार विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।

विभिन्न देशमा छरिएर रहेका चीनविरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी वर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दाबी गरेका छन् । उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटीका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्‍याउन पनि आग्रह गरेका छन् ।

चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टिकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् । उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दबाबमूलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् ।

बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २० सम्म बेइजिङ नेशनल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ । एएनआई/रासस

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया