प्रहरी उपरीक्षकको कार्यकालमा सात करोड मूल्यबराबरको राजस्व दाखिला

अन‌ि यो पनि

परासी । नवलपरासी (पश्चिम) प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक अजय के.सी. हाजिर भएपश्चात यही असार ८ गतेसम्म (साढे तेह्र महिनाको अवधिमा) ७ करोड मूल्य बराबरको राजस्व दाखिला भएको छ ।

सो अवधिमा नवलपरासी (पश्चिम) प्रहरीले जिल्लाका विभिन्न स्थानबाट यस अवधिमा ६ करोड ६९ लाख ५७ हजार ५८३ मुल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (हरियो केराउ, छोडा, मरिच, खाद, हाडवरको सामान, कपडा, मोबाइललगायतका इलेक्ट्रोनिक सामान, सवारीसाधनका पार्टपुर्जा आदि ) बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३ लाख २३ हजार ८४० मूल्य बराबरका अवैध काठ बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाएको छ । साथै, यस अवधिमा प्रहरीले जिल्लाका विभिन्न नदीखोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न १०० वटा ट्याक्टर, ३ टिपर र २ वटा स्काभेटरसमेत गरी जम्मा १०५ वटा सवारीसाधन पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको थियो । जसबाट २६ लाख ८१ हजार ७१२ मूल्य बराबरको राजस्व दाखिला गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

यस्तै, सो अवधिमा अवैध मालसामान, काठ तथा अवैध नदीजन्य पदार्थ उत्खनन् कारबाही गरी कुल ६ करोड ९९ लाख ६३ हजार १३५ मूल्य बराबरको राजस्व दाखिला भएको छ ।

प्रहरी उपरीक्षक के.सी. ०७७ वैशाख २४ गतेदेखि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । उनी मंगलबार अख्तियार दुरूपयोग आयोगको केन्द्रीय कार्यालयमा सरुवा भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया