महालक्ष्मी विकास बैंकको मिस्ड कल सेवा

अन‌ि यो पनि

चितवन । कोभिड–१९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउन महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सो सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नं ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई कल व्याकमार्फत जानकारी दिने छन् ।

सो सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्ने छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना सङ्क्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया