ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अस्ताए चलचित्रका लोकप्रिय नायक ‘एकचोटि ‘कोहिनुर’ हेरिदिनू’ ः श्रीकृष्ण श्रेष्ठ

by चितवन पोष्ट
२०७१ श्रावण २६, सोमबार ०५:०६ गते
in कला
0
0
SHARES
Share on FacebookShare on Twitter

गोविन्द अर्याल
यही असार २३ गते श्वेता खड्कासँग बन्धनमा बाँधिएका नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु साउन २५ गते बिहान ५ बजे गंगाराम हस्पिटल दिल्लीमा भएको छ । जीवनको दुई दशकभन्दा पनि बढी समयदेखि नेपाली चलचित्रमा लागिपरेका श्रीकृष्णलाई डिप निमोनियाकै कारण चलचित्र क्षेत्रले गुमाउनु परेको छ ।
२०४५ सालमा ‘भुमरी’ चलचित्रबाट पर्दामा देखिएका श्रीकृष्ण श्रेष्ठले ‘नाता’ चलचित्रबाट हिरोमा अभिनय गरेका हुन् । नेपाली चलचित्रमा एकछत्र रुपमा छाउँदै आएका श्रेष्ठलाई यसअघि पनि रक्तक्यान्सर भएको थियो । तर, पनि रक्तक्यान्सरले उनको फिल्मयात्रालाई पूर्णविराम लगाएन, झन् ऊर्जा दिने काम ग¥यो ।
नेपाली चलचित्रमा छवि ओझाले श्रीकृष्ण श्रेष्ठलाई ‘नाता’ चलचित्रबाट अगाडि ल्याए । त्यसपछि श्रीकृष्णले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । नेपाली चलचित्रप्रेमीको मन जित्दै उनी सबैका मनमनमा बस्न सफल भए । उनले आफ्नो चलचित्र हेर्नैपर्दछ, उनको चलचित्रमा केही नयाँपन हुन्छ भन्ने भावनाको विकास गरेका थिए ।
आफ्नो जीवनको ४७औँ वसन्तमा हामीबाट पराई हुन पुगेका श्रेष्ठ साह्रै मिलनसार, इमानदार एवम् कामप्रति बफादार हुनुका साथै सहयोगी भावनाका पनि थिए । नायक श्रेष्ठले झन्डै १५ वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानमा सरकारी जागिर पनि खाएका थिए ।
विवाहपछि हनिमुन मनाउन सिमला गएका श्रीकृष्ण श्रेष्ठ नेपाल फर्किएनन् । उनले आफ्नो अन्तिम श्वास नेपाल आमाको काखमा फेर्न पाएनन् । सायद, उनमा पनि इच्छा थियो होला, नेपाल आमाको काखमा मर्ने । तर, भावीको लेखा नै अनौठो छ, भारतको गंगाराम हस्पिटलमा उनले मृत्यु वरण गर्नुप¥यो ।
नेपाली चलचित्रलाई ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘ए ! मेरो हजुर’, ‘हामी तीन भाइ’ र ‘कहाँ भेटिएला’जस्ता ५१औँ र १००औँ दिन मनाउन सफल चलचित्र हामीलाई दिएका श्रीकृष्ण श्रेष्ठले नेपाः मुभिज स्थापना गरेर ‘कहाँ भेटिएला’ चलचित्रको निर्माण गरेका थिए, जुन सिनेमा अत्यधिक सफल नै बनेको थियो । हालै श्रीकृष्ण श्रेष्ठको निर्माणमा ‘कोहिनुर’ चलचित्र विभिन्न हलहरुमा साउन २३ गतेबाट प्रदर्शनरत छ । यस चलचित्रको प्रमोसनमा पनि श्रीकृष्णले समय दिन सकेनन् । कारण थियो, पापी डिप निमोनिया । आफ्ना चलचित्रबाट सबैको मन जित्न सफल श्रीकृष्णले पर्दामा सबैलाई रूवाएका थिए । उनका धेरैजसो चलचित्र दर्शकलाई रूवाउन सफल भएका थिए । चलचित्रमा मरेको रोल गरेर दर्शकलाई रूवाएका श्रीकृष्ण श्रेष्ठले २०७१ साउन २५ गते सदाका लागि हामीलाई रूवाएर गएका छन् ।
आफ्ना चलचित्रबाट धेरै पटक उत्कृष्ट अभिनेता हुन सफल श्रीकृष्ण श्रेष्ठलाई अल्पायुमै पापी यमराजले हामीबाट लगिछाड्यो । उनले आफू मृत्युशैयामा छटपटिँदा पनि उनी निर्मित ‘कोहिनुर’लाई हेरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गरेका थिए ।
श्रीकृष्ण श्रेष्ठको चलचित्र प्रायः नारीप्रधान, सामाजिक विषयवस्तु प्रधान, कारूणिक भावनाले ओतप्रोत रहेका थिए । उनीसँगै उनका यी भावनात्मक चलचित्र ओझेलमा पर्ने हुन् कि ? स्व. निर्देशक शिव रेग्मी र स्व. श्रीकृष्ण श्रेष्ठ बाबुछोराजस्तै रहेका थिए । तर विडम्बना ! रेग्मी र श्रेष्ठलाई पापी कालले छोडेन, लगेरै छाड्यो । अहिले श्रेष्ठको निधनले सिंगो नेपाली चलचित्रलाई ठूलो बज्रपात भएको छ । उनको अभाव चलचित्र क्षेत्रमा खड्किनै रहने छ । अन्ततः उनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनलाई हार्दिक समवेदना तथा श्रद्धासुमन !

Related Posts

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

Chitwan Post

चितवन फोटोग्राफी संघको साधारण सभा

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In