चितवनका अस्पतालमा २३० संक्रमित उपचाररत

अन‌ि यो पनि

भरतपुर, ९ असार । चितवनका अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको संख्या घट्दै गएको छ । बुधबार विभिन्न अस्पतालमा गरी २३० जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जसमध्ये भेन्टिलेटरमा २८ जना, आइसियूमा ८६ जना, एचडियूमा ४२ जना र साधारण बेडमा १०२ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा एक÷एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने दुवै संक्रमित चितवनका हुन् । अस्पतालबाट १८ जना संक्रमित संक्रमण मुक्त भएर घर गएका छन् । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत २३० संक्रमितमध्ये भरतपुर अस्पतालमा ८४, चितवन मेडिकल कलेजमा ६३, पुरानो मेडिकल कलेजमा १४ र क्यान्सर अस्पतलामा १२ जना संक्रमित छन् ।

अन्य संक्रमितहरु साना अस्पताल तथा स्थानीय तह अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत छन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया