स्वास्थ्य संस्थालाई एक्सपर्टको अक्सिजन कन्सन्ट्रेटर सहयोग

अन‌ि यो पनि

भरतपुर, ९ असार । एक्सपर्ट एजुकेशन कन्सलटेन्सीले चितवन लगायत तीन जिल्लाका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एक्सपर्टले चितवनका दुई अस्पताल, मकवानपुरका दुई स्वास्थ्य चौकी र नवलपरासी पूर्वको एक अस्पताललाई १० लिटर क्षमताको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

एक्सपर्ट फाउण्डेशनमार्फत एक्सपर्टले देशका सबै शाखा मार्फत ५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिरहेको छ । जसमध्ये चितवन शाखालाई ७ वटा अक्सिजन कन्सट्रेटर प्राप्त भएको थियो । ती मध्ये ५ वटा वितरण गरिसकेको छ भने बाँकी दुई वटा उपकरण छिट्टै विकट ठाउँमा वितरण गर्ने एक्सपर्टको तयारी छ ।

चितवनको माडीको बघौडा अस्पताल, इच्छाकामनाको दारेचोक स्वास्थ्य चौकी, मकवानपुरको नामटार स्वास्थ्य चौकी र मकवानपुरगढी स्वास्थ्य चौकी र नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को देउराली प्राथमिक अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर ग्रामिण स्वास्थ्य संस्थालाई सहयोग गरेका हौं’ अधिकारीले भने, ‘माहामारीको बेलामा मात्र होइन, अन्य बेलाका बिरामीहरुले पनि सहज उपचार पाउनेमा आशाबादी छौँ ।’

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया